close

नेपालमा ईभी र हरित हाइड्रोजन ऊर्जा प्रवर्द्धनमा सघाउन मन्त्री घिसिङको स्विस राजदूतसँग आग्रह

टेकपाना टेकपाना

असोज ९, २०८२ १७:३३

नेपालमा ईभी र हरित हाइड्रोजन ऊर्जा प्रवर्द्धनमा सघाउन मन्त्री घिसिङको स्विस राजदूतसँग आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्विट्जरल्यान्डकी राजदूत डेनिएल मेउलीसँग भेटेर नेपालमा विद्युतीय सवारी साधन प्रवर्द्धनमा सघाउन आग्रह गरेका छन् ।

बिहीबार मन्त्रालयमा भेट्न पुगेकी राजदूतसँग घिसिङले नेपालमा घरायसी प्रयोजनमा विद्युत्‌लाई इन्धनको रूपमा प्रयोग गर्न प्रोत्साहन गरिरहेको बताउँदै त्यसमा सहयोग माग गरेका हुन् । 

साथै मन्त्री घिसिङले स्विट्जरल्यान्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधिलाई नेपालमा अनुसरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन, साना उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्न आवश्यक तालिमका लागि पनि सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।  

हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालित छन् ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८२ १७:३३