close

रियलमी स्मार्टफोन किन्दा चीन घुम्ने मौका

टेकपाना टेकपाना

असोज १०, २०८२ १४:२५

रियलमी स्मार्टफोन किन्दा चीन घुम्ने मौका

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘‘दशैँमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत रियलमीका स्मार्टफोन खरिद गर्ने ग्राहकहरू मध्येबाट भाग्यशाली विजेताले चीन भ्रमण गर्ने अवसर पाउनेछन् ।

कम्पनीका अनुसार योजना ५ असोजदेखि ४ कात्तिकसम्मदेशभर लागु हुनेछ । यस अवधिमा रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकले लक्की ड्र मार्फत विभिन्न उपहार जित्ने मौका पाउनेछन् ।

ग्राहकले खरिद गरेको स्मार्टफोनको क्यूआर कोड स्क्यान गरी आईएमईआई नम्बर र आवश्यक विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमार्फत आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ । प्रक्रिया सहज र पारदर्शी बनाइएको कम्पनीले जनाएको छ ।

यस योजनामा दुई जनाले चीन भ्रमणको अवसर पाउनेछन् भने चार जनाले रियलमी १४टी, १० जनाले रियलमी सी७५ स्मार्टफोन जित्नेछन् । यस्तै ६०० जनाले विशेष उपहार बक्स, पाँच हजार जनाले क्रस ब्याग र १० हजार जनाले पानीको बोतल प्राप्त गर्नेछन् ।

उपहार लिन विजेताले आफ्नो स्मार्टफोन सक्रिय भएको प्रमाणसहित वारन्टी कार्ड र खरिद बिल खुद्रा विक्रेतासमक्ष देखाउनुपर्नेछ । कम्पनीले यस योजनासम्बन्धी नियम र सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न ग्राहकलाई आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १४:२५