काठमाडौँ । यातायात व्यवस्था विभागले चाडपर्वको मौका छोपेर सार्वजनिक यातायातले बढी भाडा असुल्ने, टिकट कालोबजारी गर्ने तथा टिकट वितरणमा असहजता सिर्जना गर्नेहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
स्वीकृत भाडादर र प्रचलित कानुन विपरीत बढी भाडा असुल्ने, टिकट कालोबजारी गर्ने वा टिकट बिक्री वितरण प्रक्रियामा समस्या सिर्जना गर्ने कार्य यात्रुहरूको गुनासोको मुख्य कारण बनेको भन्दै विभागले त्यस्ता गतिविधि नगर्न सबैलाई सचेत गराएको छ ।
विभागले प्रचलित कानुन र तोकिएको भाडादरअनुसार मात्र टिकट काट्ने–कटाउने व्यवस्था गर्न र अनलाइन टिकट प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकाय र सरोकारवालालाई अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १८:५
