काठमाडौं । इटालीमा जारी अटो शोमा आयोजना भएको टुरिनो अटोमोटिभ डिजाइन अवार्ड (टाडा) मा चिनियाँ कम्पनी चांगानको दीपल एस०७ ले बेस्ट एक्टेरियर डिजाइन अवार्ड हात पारेको छ । यस्तै दीपल एस०५ ले बेस्ट ह्युमन सेन्ट्रिक इन्टेलिजेन्ट इन्टिग्रेसन अवार्ड जितेको छ ।
टाडा अवार्ड विशेषगरी युरोपेली बजारमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको डिजाइनमा केन्द्रित छ । यसमा पाँच ओटा विधामा पुरस्कार प्रदान गरिन्छ । जसमा एक्टेरियर डिजाइन, इन्टेरियर डिजाइन, ह्युमन सेन्ट्रिक इन्टिग्रेसन, मेटेरियल एन्ड सस्टेनेबिलिटी र इनोभेटिभ फिचर रहेका छन् ।
यसमध्ये दीपल एस०७ लाई यसको आकर्षक एक्सटेरियल डिजाइन, डाइनामिक प्रोपर्सन र भिजुअल हार्मोनीमार्फत अन्तर्राष्ट्रिय बजारमा चिनियाँ अटो डिजाइनको मापदण्ड स्थापित गरेको भन्दै यो पुरस्कार दिइएको हो ।
त्यसैगरी, दीपल एस०५ लाई यसको एड्भान्सड ह्युमन मेसिन इन्टरफेस, इन्टेलिजेन्ट फिचर र टेक्नोलोजीसँग सिमलेस इन्टिग्रेसनका लागि बेस्ट ह्युमन सेन्ट्रिक इन्टेलिजेन्ट इन्टिग्रेशन अवार्ड दिइएको हो ।
पछिल्लो अध्यावधिक: असोज १५, २०८२ १४:२
