२० हजार पर्ने अनर प्याड एक्स७ प्याड ट्याब्लेट किन्दा ४ हजार पर्ने इयरबड्स सित्तैमा
कात्तिक २०, २०८२ १५:०
काठमाडौँ । अनरले नेपाली बजारमा ‘अनर प्याड एक्स ७’ ट्याब्लेट ल्याएको छ । हालै सार्वजनिक यो ट्याब्लेट स्लिक र बोक्न सजिलो (पोर्टेबल) डिजाइनमा तयार गरिएको छ ।
यसको साइनिङ ब्याक प्यानलले ट्याब्लेटको लुक्सलाई अझ आकर्षक बनाएको कम्पनीको भनाइ छ । अनर प्याड एक्स७ को खरिदमा ग्राहकले चार हजार मूल्य पर्ने अनर चोइस इयरबड्स एक्स७ई एक्टिभ उपहारको रूपमा निःशुल्क पाउनेछन् ।
यस ट्याब्लेटमा ८.७ इन्चको आँखालाई सहज हुने किसिमको डिस्प्ले पाउन सकिन्छ । यसको रिफ्रेस रेट ९० हर्ज रहेको छ । एन्ड्रोइड १५ मा आधारित ट्याबमा स्न्यापड्रागन ६८० चिपसेट समावेश गरिएको छ । जसमा ४ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज उपलब्ध छ ।
फोटोग्राफीका लागि ट्याबमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
अनर प्याड एक्स७ को सबैभन्दा आकर्षक पक्ष यसको ब्याट्री हो । जुन ७०२० एमएएच क्षमताको छ र यसले १८ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ ।
नेपाली बजारमा अनर प्याड एक्स७ को मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ १५:१२
