close

डिशहोम र द ट्राङक्विलिटी स्पाबिच सहकार्य, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट सुविधा

टेकपाना टेकपाना

कात्तिक २१, २०८२ १७:९

डिशहोम र द ट्राङक्विलिटी स्पाबिच सहकार्य, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट सुविधा

काठमाडौँ । डिशहोमले नेपालभरका ग्राहकका लागि वेलनेस तथा स्वास्थ्य सेवामा विशेष छुट दिने उद्देश्यसहित द ट्राङक्विलिटी स्पासँग रणनीतिक सहकार्य गरेको छ । भर्चुअल प्रिभिलेज कार्डमार्फत सुरु गरिएको यो सहकार्य कार्यक्रम अन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले देशभरका ट्राङक्विलिटी स्पा शाखामा विशेष छुट सुविधा पाउने भएका छन् ।

सम्झौताअनुसार डिशहोम ग्राहकले सबै स्पा र सलोन सेवामा २५ प्रतिशत, सबै सलोन सेवामा २० प्रतिशत तथा ट्राङक्विलिटी इन्टरनेसनल ब्युटी एन्ड स्पा एकेडेमीमा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

“ट्राङक्विलिटी स्पा लक्जरी वातावरण, अनुभवी थेरापिस्ट र विश्वस्तरीय उपचारका कारण नेपालमा वेलनेस तथा रिल्याक्सेसनको विश्वसनीय नाम बनेको छ । देशका प्रमुख सहर र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका सेवाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने लक्ष्य राखेको छ,” डिशहोमले पठाएको विज्ञप्तिमा उल्लेख छ ।

यस साझेदारीका क्रममा ट्राङक्विलिटी स्पा एन्ड सर्भिसका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका चिफ अफ न्यु प्रडक्ट डेभलपमेन्ट अफिसर सबिन महर्जनबिच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

“यो सहकार्यले हाम्रा ग्राहकलाई थप मूल्य र सन्तोषजनक अनुभव दिनेछ,” डिशहोमका सीईओ तारा मानन्धरले भने ।

डिशहोमले आफ्ना ग्राहकहरूको जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ भर्चुअल प्रिभिलेज कार्डमार्फत भोजन, यात्रा, मनोरञ्जन, आतिथ्य, खुद्रा व्यापार तथा वेलनेस क्षेत्रका विभिन्न ब्रान्डसँग सहकार्य गर्दै आएको छ । कम्पनीले आगामी महिनाहरूमा थप साझेदारी विस्तार गर्दै ग्राहकका लागि नयाँ र रोमाञ्चक विशेषाधिकारहरू ल्याउने जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८२ १७:९