हुन्डाईको एक्सचेन्ज अफर, पुरानो गाडी साटेर नयाँ क्रेटा ईभी घर लैजाने अवसर
कात्तिक २१, २०८२ १९:५१
काठमाडौँ । हुन्डाई नेपालले नयाँ अभियान ‘अपग्रेड टु पर्फेक्ट ईभी’ सार्वजनिक गर्दै ग्राहकहरूका लागि विशेष एक्सचेञ्ज अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी खरिद गर्न सक्नेछन् ।
अफर आजदेखि नेपालभर रहेका सबै हुन्डाई शोरुमहरूमा लागु भएको कम्पनीले जनाएको छ ।
क्रेटा ईभीमा अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन गरिएको कम्पनीले जनाएको छ । यो गाडी खरिदमा ६ वर्षको निःशुल्क सर्भिस र ३ वर्षको वारन्टी उपलब्ध छ ।
अफरअन्तर्गत ग्राहकहरूले एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ७५ हजार रुपैयाँको विशेष छुट र २५ हजार रुपैयाँको लोयल्टी बोनस पाउने छन् । साथै, अफरमा एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र रोड ट्याक्स समेत समावेश गरिएको छ ।
हुन्डाई क्रेटा ईभीले एकपटकको चार्जमा ३९० किलोमिटरसम्म ड्राइभिङ रेन्ज र २०० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गर्ने कम्पनीको भनाइ छ ।
यो अफर सीमित अवधिको अवसर भन्दै हुन्डाई नेपालले विद्युतीय गाडीमा स्विच गर्न चाहने ग्राहकलाई नजिकैका आफ्ना शोरुममा सम्पर्क गर्न आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८२ २०:२
