close

विद्यार्थीका लागि नेपाल टेलिकमको विशेष इन्टरनेट प्याकेज, ५ हजारमा वर्षभर चलाउन मिल्ने

टेकपाना टेकपाना

कात्तिक २३, २०८२ १४:२७

विद्यार्थीका लागि नेपाल टेलिकमको विशेष इन्टरनेट प्याकेज, ५ हजारमा वर्षभर चलाउन मिल्ने

काठमाडौँ । नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै विशेष इन्टरनेट अफर सार्वजनिक गरेको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँमा यो अफर ल्याएको हो ।

कम्पनीका अनुसार यो डेटा प्याकेजमा ३० एमबीपीएस गतिमा इन्टरनेट चलाउन सकिनेछ र दैनिक एफयूपी २५ जीबी हुनेछ । एफयूपी पार गरेपछि पनि ५ एमबीपीएसमा डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यो अफर २२ माघ २०८२ सम्म रहनेछ । इन्टरनेटका लागि छुट्टै ५०० रुपैयाँ जडान शुल्क पनि लाग्नेछ । यो अफरले जेनजीलाई केही भए पनि राहत दिने सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताए ।

उनले टेलिकमको सेवा केवल सहरमा सीमित नहोस् भन्ने आफूहरूको लक्ष्य रहेको पनि बताए । "त्यसैले दूरदराजका बस्तीहरूमा पनि फाइबर तथा टेलिफोन सेवा विस्तारका लागि आवश्यक निर्देशन दिइएको छ," उनले भने ।

नेपाल टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न पनि उनले निर्देशन दिएका छन् । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १४:२७