काठमाडौँ । सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाले स्थगित लिखित र ट्रायल परीक्षा भोलिदेखि सञ्चालन गर्ने भएको छ । २३-२४ भदौको जेनजी प्रदर्शनका कारण सवारी चालक अनुमति पत्रसम्बन्धी ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएपछि रोकिएको परीक्षा करिब दुई महिनापछि पुनः सञ्चालन हुन लागेको हो ।
कार्यालयका अनुसार भदौ २४ गते हुने भनिएको लिखित परीक्षा सोमबार बिहान ७ बजे हुनेछ । त्यस्तै, ए, बी र के वर्गको ट्रायल परीक्षा सोही दिन बिहान १० बजे सञ्चालन गरिने छ ।
यसका साथै, २४ भदौमा लिखित तथा प्रयोगात्मक परीक्षार्थीमध्ये कार्यालयबाट सम्पर्क हुन नसकेकाहरूले पछि कार्यालयमा सम्पर्क गरी परीक्षामा नाम समावेश गर्न सक्ने छन् । नयाँ दर्ता तथा वर्ग थपको अनलाइन आवेदन सम्बन्धी सूचना पछि प्रकाशन गरिने कार्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १७:४
