close

२३-२४ भदौको घटना अनुसन्धानमा प्रहरीको कारबाही पूर्वाग्रही लागे हटलाइनमा गुनासो टिपाउन सकिने

टेकपाना टेकपाना

कात्तिक २८, २०८२ १३:२५

२३-२४ भदौको घटना अनुसन्धानमा प्रहरीको कारबाही पूर्वाग्रही लागे हटलाइनमा गुनासो टिपाउन सकिने

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा भएका आपराधिक घटनामा संलग्न भएको विषयमा प्रहरीको कामकारबाही पूर्वाग्रही लागेमा गृह मन्त्रालयको हटलाइनमा गुनासो टिपाउन मिल्ने भएको छ । हाल प्रहरीले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा भएका आपराधिक घटना अनुसन्धान गरिरहेको छ । 

प्रहरीका लुटिएका हातहतियार फिर्ता ल्याउन विशेष अपरेसन नै सञ्चालन गरिएको छ । त्यस्ता आपराधिक घटनामा संलग्न भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेका वा सूचना प्राप्त भएको विषयमा सम्बन्धित व्यक्तिलाई आफूविरुद्ध प्रहरीको काम पूर्वाग्रही लागेमा गृह मन्त्रालयले हटलाइन नम्बरमार्फत गुनासो टिपाउन आग्रह गरेको हो । 

प्रहरीको हटलाइन नम्बर ९८५१३६०६०३ मा गुनासो टिपाउन सकिने मन्त्रालयले जनाएको छ । यसका साथै टोल फ्रि नम्बर १११२ र इमेलमार्फत [email protected] मा पनि गुनासो टिपाउन सकिने मन्त्रालयले जनाएको छ ।  

 

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १३:२५