भेन्टिलेटेड सिट, बाहिरी भागमा समेत स्पिकर र ६ एयरब्याग भएको नामीको नयाँ भिगो ईभी सार्वजनिक
मंसिर १, २०८२ ६:२३
काठमाडौँ । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक भेहिकल्सको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा स्मार्ट इलेक्ट्रिक एसयूभी नामी भिगो सार्वजनिक गरेको छ । यससँगै डोङफेङको अत्याधुनिक क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड-साइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको छ ।
यसको म्याजिक क्युब डिजाइनले आधुनिक र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ । नामी भिगोमा रहेको ९९ किलोवाट मोटरले सहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेसन र स्मुथ ड्राइभ प्रदान गर्ने बताइएको छ ।
यो गाडी दुई ओटा ब्याट्री विकल्पमा उपलब्ध छ; ४४.९४ किलोवाट आवर (डब्लूएलटीपी रेन्ज ३०० किमि) र ५१.८७ किलोवाट आवर (डब्लूएलटीपी रेन्ज ३५० किमि) । यसले थ्री सी अल्ट्रा-फास्ट डीसी चार्जिङ (१६७ किलोवाट) सपोर्ट गर्दछ । जसले ब्याट्रीलाई ३०% बाट ८०% सम्म केवल १८ मिनेटमै चार्ज गर्न सक्ने दाबी कम्पनीले गरको छ । यसरी केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिनेछ ।
सेग्मेन्ट-फर्स्ट फिचर
• Heaven & Earth Tailgate – दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम ।
• बाहिरी मनोरञ्जनका लागि एक्सटेरियर म्युजिक स्पिकर ।
• म्युजिकको ताल र मुडसँगै चल्ने Music-Sync Ambient Lighting ।
• व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सिट ।
• थ्री सी फास्ट चार्जिङ सिस्टम - झन्झट रहित फास्ट चार्जिङ ।
श्रेणीमै उत्कृष्ट प्रविधि र सुरक्षाको दाबी
नामी भिगोमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, वायरलेस चार्जिङ र मल्टी-मोड स्टेयरिङ उपलब्ध छन् ।
यसमा रहेका भित्री भागमा १२.८ इन्चको टचस्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सिटहरू र पानोरमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४% हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन यसमा पाउन सकिन्छ ।
मूल्य र उपलब्धता
नामी भिगो ई २ को मूल्य ३८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने ई २ प्लस भेरियन्ट ४१ लाख ९९ हजार रुपैयाँ उपलब्ध छ । विशेष प्रारम्भिक अफरअन्तर्गत भिगो ई २ ३७ लाख ९९ हजार रुपैयाँमा र ई २ प्लस ४० लाख ९९ हजार रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।
एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया भन्छन्, “नामी ०१ ले देशभर एक हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ । यसको पावर, लक्जरी र स्मार्ट प्रविधि, आजको आधुनिक नेपाली जीवनका लागि एकदमै उपयुक्त छ ।”
पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ १०:२७
