काठमाडौँ । स्मार्टफोन ब्रान्ड मेइजुले नेपाल प्रिमियर लिग (एनपीएल) का प्रत्येक खेलको विजेता पूर्वानुमान गर्ने सहभागीलाई उपहार जित्ने अफर ल्याएको छ । जारी एनपीएलका समर्थकहरूका लागि कम्पनीले ‘प्रेडिक्ट गरौँ, मेइजु स्मार्टफोन जितौँ’ नामक अफर सार्वजनिक गरेको हो ।
प्रतिस्पर्धामा सहभागी हुन फेसबुकमा ‘मेइजु नेपाल’ को आधिकारिक पेज फलो गर्नुपर्ने छ । त्यसपछि हरेक खेलअघि उक्त पेजमा प्रकाशित हुने ‘डेली म्याच पोस्ट’ मा गएर विजयी हुनसक्ने टोलीको नाम कमेन्ट गर्नुपर्ने कम्पनीले जनाएको छ।
प्रत्येक खेलमा कमेन्ट गर्ने सहभागीहरूमध्ये एकजनालाई दुई हजार ४९९ रुपैयाँ बजार मूल्यको अरोज प्रो २ इयरबड्स उपहार दिइनेछ । साथै, एनपीएलको अन्तिम खेलपछि तीनजना सहभागीलाई ‘मेगा प्राइज’ अन्तर्गत मेइजु स्मार्टफोन उपहार प्रदान गरिने बताइएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ४, २०८२ १५:३४
