जाडोमा सुरक्षित र भरपर्दो तातोपानीका लागि सीजीले ल्यायो क्रम्प्टन ब्रान्डका नयाँ गिजर
मंसिर ९, २०८२ १६:५७
काठमाडौँ । जाडोयाम सुरु हुँदै गर्दा क्रम्प्टन ब्रान्डका नयाँ गिजर नेपाली बजारमा सार्वजनिक भएका छन् । घरपरिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले नेपालका लागि क्रम्टनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नयाँ मोडेलको विक्री तथा वितरण सुरु गरेको हो ।
स्टोरेज हिटिङ प्रविधिमा आधारित गिजरका यी नयाँ मोडेल टिकाउ, स्थिर हिटिङ पर्फर्मेन्स र सुरक्षित हिटिङ सिस्टमका साथ बजारमा ल्याइएको कम्पनीले जनाएको छ । यस वर्ष बजारमा आएको एसेन्जा प्लस (Acenza Plus ASWH-6115/6125) र सोलारियम केयर (Solarium Care ASWH-3915/3925) सिरिजले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो हिटिङ अनुभव प्रदान गर्ने दाबी गरिएको छ ।
कम्पनीका अनुसार नयाँ मोडेलहरूमा चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता रहेको छ । एसेन्जा प्लस सिरिजले आधुनिक घरका लागि प्रिमियम हिटिङ पर्फमेन्स उपलब्ध गराउँछ भने सोलारियम केयर सिरिजले दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो तातो पानी समाधान प्रदान गर्छ ।
प्रमुख विशेषताहरू
क्रम्टनका दुवै नयाँ मोडेलमा कडा पानीको स्थितिमा पनि ट्याङ्कलाई दिगो र सुरक्षित राख्नका लागि रोबस्ट ग्लासलाइन कोटिङ राखिएको छ । साथै पानी तात्ने क्रममा तापक्रम परिवर्तन भएको बारे तुरुन्त बुझ्न सहयोग गर्ने एलईडी नोटिफिकेसन पनि समावेश छन् ।
यसमा रहेको एन्टी-स्केल प्रविधिले ट्याङ्कभित्र जम्ने खनिज तह रोक्दै दीर्घकालीन प्रदर्शन कायम राख्ने बताइएको छ । गिजरमा हाइजिन, बेबी केयर र हेयर केयर गरी ३ वटा बाथिङ मोडहरू समावेश छन् । जसले यसलाई परिवारका सबै सदस्यका लागि अनुकूल र सहज बनाउँछ ।
एसेन्जा प्लस सिरिजमा स्मार्ट इनर्जी म्यानेजमेन्ट प्रविधि समावेश गरिएको छ । जसले ऊर्जा खपतलाई अनुकूल बनाइ हिटिङ पर्फमेन्सलाई अझ प्रभावकारी बनाउँछ । यो मोडेललाई आधुनिक घरका लागि दिगो, स्मार्ट र प्रिमियम हिटिङ सोलुसनको रूपमा प्रस्तुत गरिएको छ ।
यसैगरी सोलारियम केयर सिरिजले फाइभ-स्टार इनर्जी रेटिङ प्राप्त गरेको छ । जसले विद्युत् खपत कम गर्दै ऊर्जा दक्ष तथा लागतमैत्री हिटिङ अनुभव प्रदान गर्छ । दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दो विकल्प खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त हुने कम्पनीको भनाई छ ।
देशभरका सीजी डिजिटल शोरुम, सीजी इलेक्ट्रोनिक्सका डिलर नेटवर्क र प्रमुख ईकमर्स प्लेटफर्महरूमा क्रम्टनका नयाँ गिजरको बिक्री सुरु भइसकेको छ । सीजी इलेक्ट्रोनिक्सले बिक्री पछिको सेवा, जडान सहायता र स्पेयर पार्ट्सको उपलब्धतालाई प्राथमिकतामा राख्दै सहज र छिटो ग्राहक सेवा प्रदान गरिने बताएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ९, २०८२ १६:५७
