भायानेटको नयाँ योजना, ११ हजार २०० रुपैयाँमै वर्षभर २०० एमबीपीएस इन्टरनेट
मंसिर १२, २०८२ १०:५५
काठमाडौँ । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेशनले ग्राहकका लागि ‘सुपरहिट इन्टरनेट प्याक’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले उच्च गतिको इन्टरनेट सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यो प्याकेज ल्याएको हो ।
योजनाअन्तर्गत ग्राहकले वार्षिक ११ हजार २०० रुपैयाँ (करसहित) मा २०० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नेछन् । भायानेटले १००, २०० र ३०० एमबीपीएस गतिका विकल्पहरू प्रस्तुत गरेको छ, जसमध्ये २०० एमबीपीएसको प्याकेज मुख्य आकर्षणका रूपमा रहेको छ ।
कम्पनीका अनुसार २०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजना खरिद गर्ने ग्राहकले थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क पाउनेछन् । साथै, यी प्याकेजहरूमा ‘प्रायोरिटी सर्भ’ सुविधा पनि समावेश छ । यस सुविधाअन्तर्गत दिउँसो ३ बजेभन्दा अघि दर्ता भएका इन्टरनेटसम्बन्धी गुनासोहरूलाई सोही दिन नै समाधान गरिने (सेम डे सपोर्ट) छ ।
इन्टरनेटको कभरेज र अनुभवलाई थप प्रभावकारी बनाउन चाहने ग्राहकका लागि कम्पनीले मेश राउटरमा विशेष छुटको व्यवस्था पनि गरेको छ । बजार मूल्य तीन हजार रुपैयाँ पर्ने मेश राउटर यो योजनाअन्तर्गत २५ सय रुपैयाँमा उपलब्ध गराइने भायानेटले जनाएको छ ।
यो प्याकेज नयाँ तथा पुराना दुवै ग्राहकका लागि उपयोगी हुने भन्दै कम्पनीले यसबाट छिटो तथा भरपर्दो सेवाको अनुभव पाइने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १२, २०८२ ११:८
