close

राति ३ घण्टा एनआईसी एसिया बैंकको इन्टरनेट र मोबाइल बैंकिङ अवरुद्ध हुन सक्ने

टेकपाना टेकपाना

मंसिर १७, २०८२ १६:५०

राति ३ घण्टा एनआईसी एसिया बैंकको इन्टरनेट र मोबाइल बैंकिङ अवरुद्ध हुन सक्ने

काठमाडौँ । मध्यराति १२:०५ देखि भोलि बिहान ३ बजेसम्म एनआईसी एसिया बैंकको सेवा आंशिक रुपमा बन्द हुने भएको छ । 

एक सूचना जारी गर्दै बैंकले प्रविधि स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले बिहीबार बिहान १२:०५ देखि बिहान ३ बजेसम्म करिब तीन घण्टा सेवा रोकिन सक्ने जनाएको छ। 

बैंकका अनुसार इन्टरनेट/मोबाइल बैंकिङ, एटीएम, पीओएस तथा बैंकले जारी गरेका डेबिट/क्रेडिट/प्रिपेड कार्डको कारोबार आंशिक रूपमा अवरुद्ध हुन सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ १७:४०