ह्वाट्सएपमा आएका फोटो/भिडिओ फोनको ग्यालरीमा अटो सेभ भएर दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्
माघ ३, २०८२ १०:२१
काठमाडौँ । तपाईंको मोबाइलको ग्यालरी ह्वाट्सएपबाट आएका अनगिन्ती फोटोले भरिएको छ ? साथीभाइका मिम्स, शुभकामना कार्ड, अनावश्यक भिडिओ बिना अनुमति स्वतः ग्यालरीमा सेभ भएर झन्झट भइरहेको छ ? यदि हो भने, ह्वाट्सएपको यो सजिलो तरिका प्रयोग गर्न सक्नुहुन्छ ।
तपाईंले केही सरल सेटिङ्स परिवर्तन गरेर ह्वाट्सएपका फोटो तथा भिडिओ ग्यालरीमा आफूखुसी सेभ हुनबाट रोक्न सक्नुहुन्छ ।
१. सबै च्याटका लागि मिडिया सेभिङ बन्द गर्ने तरिका
-
सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् । माथि छेउमा भएको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
-
‘Settings’ मा जानुहोस् ।
-
‘Storage and data’ अप्सनमा ट्याप गर्नुहोस् ।
-
त्यसपछि ‘When using mobile data’, ‘When connected on Wi-Fi’ र ‘When roaming’ को अप्सनमा छुट्टाछुट्टै जानुहोस् ।
-
र, अब सबै बक्स अनचेक गर्नुहोस् ।
यदि तपाईं आफैँले डाउनलोड गर्नुभएको मिडिया पनि फोनको ग्यालेरी एपमा देखिनबाट रोक्न चाहनुहुन्छ भने ‘Settings > Chats’ मा जानुहोस् र ‘Media visibility’ लाई बन्द गर्नुहोस् ।
२. निश्चित च्याटका लागि मात्र रोक्ने
यदि सबै च्याट होइन, कुनै विशेष व्यक्ति वा ग्रपबाट आएका मिडिया फाइल मात्र ग्यालरीमा सेभ हुन नदिने चाहनुहुन्छ भने यसो गर्नुहोस्
-
उक्त व्यक्ति वा ग्रुपको च्याट ओपन गर्नुहोस् ।
-
व्यक्तिको च्याटका लागि उसको नाममा ट्याप गरेर ‘Chat Info’ मा जानुहोस् । ग्रुप च्याटका लागि ‘Group Info’ मा जानुहोस् ।
-
अब तल देखिने ‘Media Visibility’ मा ट्याप गरी ‘No’ छान्नुहोस् ।
पछिल्लो अध्यावधिक: माघ ३, २०८२ १०:२१
