close

सञ्चार मन्त्रालयबाट रमाना हुँदै सचिव राधिका अर्याल, उनको स्थानमा लक्ष्मीकुमारी बस्नेत आउने

टेकपाना टेकपाना

माघ ४, २०८२ १०:२८

सञ्चार मन्त्रालयबाट रमाना हुँदै सचिव राधिका अर्याल, उनको स्थानमा लक्ष्मीकुमारी बस्नेत आउने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल अदलाबदलीमा परेकी छिन् । मन्त्रीपरिषद् बैठकले उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको हो ।

यससँगै अब महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्ने सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारीमा आउने भएकी छिन् । टेकपानासँगको कुराकानीमा सचिव अर्यालले आज आइतबार मन्त्रालयबाट रवाना लिन लागेको जानकारी दिइन् । बस्नेतले भने पत्र प्राप्त हुन बाँकी रहेको भन्दै अबको एक दुई दिनमा नयाँ जिम्मेवारी सम्हाल्ने बताइन् । 

सञ्चार सचिवको जिम्मेवारीमा आउन लागेकी बस्नेत असार २०८० मा सहसचिवबाट सचिवमा बढुवा भएकी थिइन् । उनी कर्णाली प्रदेशबाट नेपाल सरकारको सचिव हुने पहिलो महिला समेत हुन् ।

वीरेन्द्रनगर, सुर्खेतमा जन्मिएकी उनी त्रिभुवन विश्वविद्यालयबाट एमबीए प्रथम श्रेणीमा उत्तीर्ण गरी २०६३ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गएकी थिइन् ।

२०६७ मा सिधै सहसचिवमा नाम निकालेकी उनले उक्त पदमा १२ वर्षभन्दा बढी समय काम गरेकी थिइन् ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८२ १०:२८