close

फुडमाण्डुबाट खानाका परिकार अर्डर गर्दा एनसेलले १५० छुट दिने, यस्तो छ नयाँ अफर

टेकपाना टेकपाना

फागुन ७, २०८२ १३:३७

फुडमाण्डुबाट खानाका परिकार अर्डर गर्दा एनसेलले १५० छुट दिने, यस्तो छ नयाँ अफर

काठमाडौँ । एनसेलले फुडमाण्डुसँगको साझेदारीमा नयाँ आकर्षक अफर सुरु गरेको छ । कम्पनीले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा दिने अफर ल्याएको हो ।

यो अफरमा एनसेलका ग्राहकहरूले फुडमाण्डुबाट खानाका परिकारको अर्डर गर्दा १५० रुपैयाँ छुट पाउने छन् । ५ फागुनदेखि सञ्चालनमा आएको ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० रुपैयाँको छुट कुपन प्राप्त गर्नेछन् । यो कुपन फुडमाण्डुमा एक हजार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारको अर्डरमा प्रयोग गर्न सकिन्छ ।

एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउनेछन् । ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्छन् ।

ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्न सकिन्छ । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले सोही अनुसार एकभन्दा बढी १५० रुपैयाँ छुटका कुपन प्राप्त गर्नेछन् र यसरी प्राप्त कुपन फुडमाण्डुको मोबाइल एप वा आधिकारिक वेबसाइट मार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिन्छ ।

कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहने र यो अरू कसैलाई दिन नपाइने उल्लेख छ । जसले ग्राहक स्वयँले यो सुविधा लिन सक्ने कुराको सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्युअल प्याक, सापटी प्याक र गिफ्ट प्याक खरिदमा भने लागु हुनेछैन ।

“हामी एनसेलमा कनेक्टिभिटी भन्दा पर गएर ग्राहकहरूको जीवनशैलीमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छौ भनेर सधैँ काम गरिरहेका हुन्छौँ । फुडमाण्डुसँगको यो साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा भएको यस प्रकारको पहिलो सहकार्य हो । जसले हाम्रा ग्राहकहरूलाई सहजै दूरसञ्चार सेवामार्फत सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्नो मनपर्ने परिकारहरूको आनन्द लिन अवसर प्रदान गर्छ,” एनसेलका चिफ कन्जुमर बिजनेश अफिसर उपङ्ग दत्तले भने ।

फुडमाण्डुले हाल काठमाडौँ उपत्यकासँगै पोखरा, चितवन र बुटवलमा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०८२ १३:४१