close

काठमाडौँका यी ठाउँमा आज बिजुली नआउने

टेकपाना टेकपाना

फागुन ९, २०८२ ९:१

काठमाडौँका यी ठाउँमा आज बिजुली नआउने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने भएको छ । सिनामङ्गल चोक तथा तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको ११ मिटर अग्लो हाइ टेन्सन पोल ढल्केकाले त्यसलाई व्यवस्थित गर्न विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मर्मत कार्यका लागि ११ केभी लाइन सटडाउन गर्नुपर्ने भएकाले शनिबार दुई चरणमा विद्युत आपूर्ति बन्द गरिनेछ ।

बत्तिसपुतली एयरपोर्ट डेडिकेटेड फिडर (चाबहिल सबस्टेशन) अन्तर्गत पर्ने तिलगङ्गा, प्रकाश सन्यास आश्रम, शम्भुमार्ग, गौशाला र एयरपोर्ट अन्तर्गतका सम्पूर्ण क्षेत्रहरूमा बिहान ११:०० देखि १२:३० सम्म (साढे १ घण्टा)  विद्युत अवरुद्ध हुनेछ ।

न्यु एयरपोर्ट फिडर (बानेश्वर सबस्टेशन) अन्तर्गत पर्ने तीनकुने, गैरीगाउँ, सिनामङ्गल र एयरपोर्ट अन्तर्गतका सम्पूर्ण क्षेत्रहरूमा दिउँसो १:०० देखि २:३० सम्म (साढे १ घण्टा) विद्युत काटिने प्राधिकरणको सूचनामा उल्लेख छ ।

निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा विद्युत आपूर्ति समय अगावै सुरु हुन सक्ने बानेश्वर वितरण केन्द्रका प्रमुख मधुसुदन यादवले जानकारी दिएका छन् । 

 

पछिल्लो अध्यावधिक: फागुन ९, २०८२ ९:१