close

पूर्व सञ्चारमन्त्री एवं एमाले उपाध्यक्ष गुरुङको रास्वपा उम्मेदवारसँग लज्जास्पद हार

टेकपाना टेकपाना

फागुन २३, २०८२ १६:५०

पूर्व सञ्चारमन्त्री एवं एमाले उपाध्यक्ष गुरुङको रास्वपा उम्मेदवारसँग लज्जास्पद हार

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङमा प्रतिनिधि सभा सदस्य पदमा पराजित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले १७ हजार २२ को फराकिलो मतान्तरले गुरुङलाई पराजित गर्दै सानदार जित हासिल गरेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विजयी केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी गुरुङले जम्मा हजार ८७६ मत मात्र प्राप्त गरे । कांग्रेस उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरे ।

एमालेको बलियो पकड मानिने लमजुङमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङको लज्जास्पद हार भएको हो ।

पछिल्लो अध्यावधिक: फागुन २३, २०८२ १७:०