close

गर्मी सुरु हुनुअघि एलजीको ‘फ्री एसी सर्भिस क्याम्प’ घोषणा, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

फागुन २७, २०८२ १९:१२

गर्मी सुरु हुनुअघि एलजीको ‘फ्री एसी सर्भिस क्याम्प’ घोषणा, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपालका लागि एलजी इलेक्ट्रोनिक्सको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले आगामी गर्मी मौसमलाई लक्षित गर्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने भएको छ । यस अभियान अन्तर्गत एलजीका ग्राहकले आफ्ना एयर कन्डिसनरहरू (एसी) दक्ष प्राविधिकहरूबाट कुनै पनि सेवा शुल्क बिना निरीक्षण तथा मर्मत गराउन सक्नेछन् ।

एसीको कुलिङ कार्यक्षमता बढाउन, ऊर्जा दक्षता सुधार्न र उपकरणको आयु लामो बनाउने उद्देश्यले यो शिविर आयोजना गरिएको कम्पनीले जनाएको छ । 

सेवा शिविरमा सहभागी हुने ग्राहकका लागि कम्पनीले छुटको व्यवस्था समेत गरेको छ । जसअनुसार स्पेयर पार्ट्सको खरिदमा ५० प्रतिशतसम्म छुट र नयाँ एसी खरिद गर्दा २० प्रतिशत छुट उपलब्ध हुनेछ । साथै, नयाँ एसी खरिद गर्ने ग्राहकले चार हजार रुपैयाँ बराबरको निःशुल्क इन्स्टलेसन (जडान) सुविधा पनि पाउनेछन् ।

आफ्नो पुरानो एसी साटेर नयाँ मोडेलमा अपग्रेड गर्न चाहने ग्राहकका लागि एक्सचेन्जमा ५० प्रतिशतसम्म अतिरिक्त मूल्याङ्कन प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

शिविरमा सहभागी हुने ग्राहकले तीन हजार रुपैयाँ बराबरका दुई ओटा सर्भिस कुपनहरू प्राप्त गर्नेछन् । यी कुपन आगामी ६ महिनासम्म मान्य हुने भएकाले ग्राहकले पछि पनि मर्मतसम्भारमा सहयोग पाउने कम्पनीको भनाइ छ ।
 

पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ १९:१२