७५०० एमएएच ब्याट्रीसहित जेडटीईको ‘रेडम्याजिक ११ प्रो’ नेपाल आउँदै, मूल्य १ लाख ६५ हजार रुपैयाँ
चैत १२, २०८२ ११:४
काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्राण्ड जेडटीईले नेपाली बजारमा नयाँ मोडेल ‘रेडम्याजिक ११ प्रो’ सार्वजनिक गर्ने तयारी गरेको छ । मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ल्याइएको यो फोनको प्रिबुकिङ समेत खुला गरिएको छ ।
स्मार्टफोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको ६.८५ इन्चको एमोलेड डिस्प्ले उपलब्ध छ । सुरक्षाका लागि इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र प्रिमियम डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ ।
क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट प्रयोग फोनले फ्ल्यागशिप स्तरको गति र 'रेस्पोन्सिभनेस' प्रदान गर्ने जेडटीईको दाबी छ ।
क्यामेराको कुरा गर्दा यसमा ५०+५०+ २ मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा सेटअप र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसले गेमिङका साथै गुणस्तरीय कन्टेन्ट क्रिएसनका लागि सन्तुलित अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
यो फोनको अर्को मुख्य विशेषता ७५०० एमएएचको शक्तिशाली ब्याट्री हो । यसलाई ८० वाटको अल्ट्रा-फास्ट चार्जिङले सपोर्ट गर्नेछ । जसले गर्दा यो आफ्नो सेग्मेन्टकै सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनमध्ये एक बन्नेछ ।
नेपाली बजारमा १६ जीबी प्लस ५१२ जीबी इन्टर्नल स्टोरेज भेरयन्टको मूल्य एक लाख ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रिबुकिङ अफर स्वरूप ग्राहकले पाँच हजार रुपैयाँ क्यासब्याक पाउनेछन् भने २० हजार मूल्यकाे रेडम्याजिक गेमिङ कन्सोल नि:शुल्क पाउनेछन् ।
पछिल्लो अध्यावधिक: चैत १२, २०८२ ११:४३
