close

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

टेकपाना टेकपाना

चैत २१, २०८२ ९:१७

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ । कलाकार सागर लम्साल क्षेत्री ‘बले’ लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले लम्साल पक्राउ परेको पुष्टि गरे । “सागर लम्साल अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ,” एसपी भट्टराईले भने, “पक्राउको कारण र अन्य आधिकारिक विवरण केही समयमा सार्वजनिक गर्नेछौँ ।”

अमेरिकामा बसोबास गर्ने एक युवतीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमाथि लम्सालले बलात्कार गरेको गम्भीर आरोप लगाएकी थिइन् । सोही आरोपका सम्बन्धमा हो अथवा अन्य कुनै कारणले हो भन्ने विषयमा स्पष्ट हुन बाँकी छ ।

*समाचारको शीर्षक परिमार्जन गरिएको छ । स.

पछिल्लो अध्यावधिक: चैत २३, २०८२ १३:०