close

६ हजार विद्यार्थीमाझ पुग्यो फोनपेको वित्तीय साक्षरता अभियान

टेकपाना टेकपाना

चैत २९, २०८२ १६:१५

६ हजार विद्यार्थीमाझ पुग्यो फोनपेको वित्तीय साक्षरता अभियान

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले 'ग्लोबल मनी विक २०२६' को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ । मार्च २३ देखि २९ सम्म सञ्चालित यस अभियानमार्फत फोनपेले युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार र डिजिटल सुरक्षाबारे सचेत गराएको हो ।

‘स्मार्ट मनी टक्स’ को मूल सन्देशलाई केन्द्रमा राखेर सञ्चालित यस अभियानले पाँच प्रदेशका विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा समेटेको छ । फोनपेका अनुसार अभियानअन्तर्गत चार प्रदेशका ६ सहरका १२ कलेजमा १८ वटा सत्र सञ्चालन गरी एक हजार ९० भन्दा बढी विद्यार्थीलाई सहभागी गराइएको थियो ।

त्यसैगरी, पाँच प्रदेशका ९ सहरका २८ विद्यालयमार्फत चार हजार ९६१ भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा वित्तीय साक्षरता प्रदान गरिएको फोनपेले जनाएको छ । कार्यक्रममा मनोरञ्जनात्मक खेल, क्विज तथा नाटकमार्फत विद्यार्थीहरूलाई खर्च व्यवस्थापन, बचतको महत्त्व र सही वित्तीय निर्णय लिने तरिकाबारे व्यावहारिक ज्ञान दिइएको थियो ।

यसै अभियानअन्तर्गत काठमाडौँ उपत्यकाका ४० भन्दा बढी विद्यार्थीहरूले फोनपेको कार्यालय भ्रमण गरी डिजिटल भुक्तानी प्रणाली र वित्तीय सुरक्षासम्बन्धी व्यावहारिक जानकारी हासिल गरेका छन् । डिजिटल माध्यमबाट पनि फोनपेले 'डिजी स्मार्ट कन्भोज', मिम र स्किट भिडिओहरू मार्फत व्यापक सचेतना फैलाएको थियो ।

सुरक्षित र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै फोनपेले आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरताका पहलहरूलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८२ १६:१५