काठमाडौँ । अनलाइन टिकट बुकिङ प्लेटफर्म बस सेवाले नयाँ वर्ष २०८३ को अवसरमा ‘न्यू यएर, न्यू एड्भेन्चर’ नामक अभियान सार्वजनिक गरेको छ । बस तथा हवाई उडानको टिकट बुकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो ।
यसअन्तर्गत अनलाइनमार्फत टिकट काट्ने यात्रुहरूले माउन्टेन फ्लाइट, बन्जी जम्प, प्याराग्लाइडिङ, निःशुल्क बस टिकट र सयौँको सङ्ख्यामा क्यासब्याक सुविधा पाउने छन् । आगामी १५ वैशाखसम्म सञ्चालन हुने यस क्याम्पेन अवधिभर टिकट बुकिङ गर्ने जो-कोही यात्रु पुरस्कारका लागि योग्य हुने कम्पनीले जनाएको छ ।
क्याम्पेन अवधिमा बस सेवाको अनलाइन प्लेटफर्ममार्फत बस वा हवाई टिकट काट्नेमध्ये एक जना भाग्यशाली विजेताले यति एयरलाइन्ससँगको सहकार्यमा ‘माउन्टेन फ्लाइट’ गर्ने अवसर पाउने छन् ।
त्यसैगरी, एड्भेन्चर प्याकेजअन्तर्गत दुई विजेताले पोखरामा बन्जी जम्प र अन्य दुई जनाले प्याराग्लाइडिङको उपहार प्राप्त गर्नेछन् । यस पुरस्कारमा विजेताका लागि पोखरा आउने-जाने बस टिकटसमेत निःशुल्क उपलब्ध गराइने बस सेवाका व्यापार प्रमुख डेनिसजंग थापाले जानकारी दिए । यो सुविधाका लागि ‘ट्रिप टर्बो’ले बस सेवासँग सहकार्य गरेको छ ।
व्यापार प्रमुख थापाका अनुसार कम्पनीले आफ्ना ग्राहकलाई वर्षैभरि निःशुल्क टिकट, क्यासब्याक र विभिन्न छुटका सुविधाहरू प्रदान गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: चैत २९, २०८२ १७:३१
