close

कस्मीरको इन्टरनेट बन्दः लोकतन्त्रमा आजसम्मकै लामो

टेकपाना टेकपाना

पुस १०, २०७६ १५:५७

कस्मीरको इन्टरनेट बन्दः लोकतन्त्रमा आजसम्मकै लामो

भारतको कस्मीरमा इन्टरनेट बन्द भएको एक सय ३० दिन भन्दा बढी भएको छ । कुनै पनि लोकतान्त्रिक देशमा एक सय ३० दिनभन्दा बढी इन्टरनेट बन्द भएको यो पहिलो पटक हो ।

यसको असर व्यवसायमा समेत परेको छ । कस्मीरको चेम्बर अफ कमर्सले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार इन्टरनेट बन्द हुँदा झन्डै एक खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको छ ।

भारतिय सरकार यसको समाधानका लागि प्रयासरत रहेको भएतापनि अहिलेसम्म सम्भव भने भएको छैन । अझै पनि कस्मीर प्रान्तको कस्मीर उपत्यकाभन्दा अन्य क्षेत्रमा इन्टरनेट सेवा सञ्चालनमा आउन सकेको छैन।

पछिल्लो समय भारतका अन्य सहरमा समेत इन्टरनेट बन्द छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शनले हिंसात्मक रुप लिएपछि भारत सरकाले निश्चित स्थानको इन्टरनेट सेवा बन्द गर्न सेवाप्रदायकलाई निर्देशन दिएको थियो ।

भारतमा नागरिकता कानूनको संशोधनमा छिमेकी राष्ट्रबाट शरण लिन आउने हिन्दू, जैन, बौद्ध, सिख, फारसी र इसाई समुदायका ब्यक्तिलाई भारतीय नागरिकता दिन सकिने व्यवस्था गरिएको छ । यसैको विरोधमा केही समयदेखी भारतका विभिन्न स्थानमा प्रर्दशन चर्किरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१