मित्र राष्ट्र श्रीलंका नेपालसँग सूचना प्रविधि तथा डिजिटल रुपान्तरणको क्षेत्रमा सहकार्य गर्न इच्छुक देखिएको छ । नेपालका लागि श्रीलंकाली राजदूत हिमाली अरुणा तिलकेले नेपाल उद्योग परिसंघका पदाधिकारीसँग शुक्रबार भएको भेटमा यस्तो चाहना व्यक्त गरेकी हुन् ।
राजदूत तिलकेले श्रीलंकाले आइटी एवं डिजीटल ट्रान्सफरमेशनको क्षेत्रमा धरै विकास गरेको स्मरण गर्दै नेपालले यस क्षेत्रमा श्रीलंकासँग सहकार्य गर्न सक्ने बताइन् । त्यसका लागि नेपाल सरकार र निजी क्षेत्रसँग सहकार्यका लागि दूतावास आवश्यक पहल गर्न तयार रहेको उनको भनाई थियो ।