close

गूगल प्ले म्युजिक बन्द हुँदै, अक्टुबर अघि नै सुरक्षित गर्नुहोस् आफ्नो डेटा

टेकपाना टेकपाना

साउन २५, २०७७ ९:३२

गूगल प्ले म्युजिक बन्द हुँदै, अक्टुबर अघि नै सुरक्षित गर्नुहोस् आफ्नो डेटा

काठमाडौं । गूगलले आफ्नो लोकप्रिय गूगल प्ले म्युजिक सेवा बन्द गर्ने घोषणा गरेको छ । गूगल प्ले म्युजिक सर्भिस सबैभन्दा पहिले सेप्टेम्बरदेखि न्युजील्याण्ड, दक्षिण अफ्रिका लगायतका देशहरूमा बन्द हुँदैछ।

यस पछि अक्टोबर महिनादेखि यो सेवा अन्य सबै क्षेत्रहरूमा रोकिनेछ । कम्पनीले आउँदो डिसेम्बरसम्ममा यो सेवा पूर्ण रूपमा बन्द गर्ने योजना बनाएको छ ।

त्यसपछि प्रयोगकर्ताहरूले गूगल प्ले म्युजिकको सामग्री प्रयोग गर्न सक्ने छैनन् । न त कतै ट्रान्सफर गर्न सक्नेछ ।

त्यसैले अक्टुबर १ भन्दा अघि नै प्रयोगकर्ताले एपमा रहेको आफ्नो डेटा सुरक्षित गर्नुपर्नेछ । गूगलले सेप्टेम्बर महिनादेखि यो सेवाको लागि कम्पनीले कुनै पनि भुक्तानी स्वीकार नगर्ने घोषणा समेत गरेको छ । साथै, प्रयोगकर्ताहरू प्ले स्टोरबाट यसको प्रयोग गर्न सक्ने छैनन् ।

गूगल प्ले म्युजिकको रिप्लेसमेन्टको रुपमा युट्युव म्युजिक

द भर्जका अनुसार गुगलले अब केवल युट्युव म्युजिक सर्भिस चलाउनेछ । साथै गूगलको तर्फबाट गूगल प्ले म्युजिक रिप्लेसमेन्टको रुपमा युट्युव म्युजिक उपलब्ध गराइनेछ ।

गूगलले केही महिना अघिदेखि मात्र गूगल प्ले म्युजिक सर्भिस बन्द गर्ने बताएको थियो । कम्पनीका अनुसार युट्युव म्युजिकको युजर इन्टरफेस प्रयोग गर्न निकै सहज छ । यो गूगल म्युजिककै जस्तो छ ।

यदि तपाईं पहिलोपटक युट्युव म्युजिकको एप ओपन गर्नुहुन्छ भने तपाईंको स्क्रीनमा कयौं समानताहरु देख्नुहुनेछ । कम्पनीले हालै युट्युव म्युजिकमा ट्रान्सफर टूल समेत थप गरेको छ । जुन दुरुस्तै गूगल प्ले म्युजिककै समान छ ।

नयाँ डिभाइसमा प्री-इन्स्टल भएर आउनेछ युट्युव म्युजिक

गूगलले यस अघि नै कयौं पटक गूगल प्ले म्युजिक बन्द गर्ने सूचना जारी गरिसकेको छ । कम्पनीका अनुसार यो सेवा बन्द नहुँदा सम्म प्रयोगकर्ताले यसको प्रयोग गर्न सक्नेछन् ।

सँगसँगै यदि तपाईं एण्ड्रोइड टेनमा आधारित नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ भने तपाईंले अब गूगल प्ले म्युजिकको ठाउँमा युट्युव म्युजिक एप प्री-इन्स्टल भएको पाउनुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३