close

कस्तो होला आईफोन ट्वेल्भ ?

टेकपाना टेकपाना

भदौ ७, २०७७ १५:८

कस्तो होला आईफोन ट्वेल्भ ?

काठमाडौं । सेप्टेम्बर स्मार्टफोनको बादशाह एप्पल आईफवन ट्वेल्भ सार्वजनिक हुने महिनाको रुपमा स्थापित छ । आईफोनका पारखीहरुमा यसको सार्वजनिकिकरणको विषयलाई लिएर व्यग्र प्रतिक्षा हुने गर्दछ । 

त्यसो त एप्पलले कोभिड महामारीका कारण आईफोन सार्वजनिक हुने मिति केही हप्तापछाडि धकेलिन सक्ने बताइसकेको छ । संभवतः यस वर्ष सेप्टम्बर वा अक्टुबरमा आईफोन सार्वजनिक हुनेछ । 

नयाँ आईफोन सार्वजनिक हुने मिति नजिकिँदै  गर्दा यसको डिजाइन र फिचरको विषयलाई लिएर लगातार रुफमा विभिन्न किसिमका खबरहरु आइरहेका छन् । त्यसैले आज हामी तपाईंसँग आईफोनसँग जोडिएका केही विषयमा चर्चा गर्दै छौं । 

चार मोडलमा आउने छ आईफोन ट्वेल्भ

 सूचना प्रविधिको दुनियाँमा भइरहेको चर्चाअनुसार यस वर्ष आईफोनका चारवटा मोडलहरु सार्वजनिक हुनेछन् । जसमा ५.४ इञ्चको आईफोन ट्वेल्भ, ६.१ इञ्चको आईफोन ट्वेल्भ म्याक्स, ६.१ इ‍ञ्चकै आईफोन ट्वेल्भ प्रो, ६.७ इञ्चको आईफोन ट्वेल्भ प्रो म्याक्स हुनेछन् । 

सँगसँगै कम्पनीले यसपटक आईफोन ट्वेल्भ वा आईफोन ट्वेल्भ म्याक्सलाई प्रिमियम मिड रेञ्ज मोडलको रुपमा बिक्री गर्नेछ । जबकि आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्सलाई फ्ल्यागशिप डिभाइको नाम दिइनेछ । यी मोडलमा फाइभजी र ओएलईडी डिस्प्ले सपोर्ट हुनेछ ।  

नयाँ डिजाइन

डिजाइनिङको कुरा गर्दा यस विषयमा फरक फरक किसिमका चर्चाहरु छन् । नयाँ आईफोनको डिजाइन सन् २०१० मा सार्वजनिक भएको आईफोन फोरसँग मिल्दो जुल्दो हुने बताइएको छ ।

सँगसँगै खबर यो पनि छ कि नयाँ आईफोन आईप्याड प्रोको स्पोर्टी बक्स डिजाइनबाट प्रवभावित हुनेछ । 

यसपटक यसमा पातलो बेजल्स र सानो आकारको डिस्प्ले नोच हुनसक्ने अन्दाज गरिएको छ । स्याण्डर्ड आईफोन ट्वेल्भ एल्मुनियममा र प्रिमियम आईफोन स्टेनलेस स्टीलको फ्रेम लगाइनेछ । 

शक्तिशाली क्यामेरा 

फोटोग्राको कुरा गर्दा अपकमिङ आईफोन ट्वेल्भमा यसको समेत नयाँ अनुभव गर्न मिल्नेछ । प्रिमियम मिड रेञ्ज फोन आईफोन ट्वेल्भ र म्याक्समा डुअल क्यामेरा हुनेछ । 

बाकी मोडलमा भने ट्रिपल क्यामेरा फीचर हुनेछ । यसमा खास कुरा त के हुनेछ भने यस पटक एप्पलले चारवटै फोनमा शक्तिशाली क्यामेरा सेन्सर प्रयोग गर्नेछ । 

प्रो मोडल्समा वस्तुको दूरी मापन गर्न लिडार सेन्सर प्रयोग हुनसक्छ । किन कि आईप्याड प्रोको हाई ईणड मोडलमा यस अघि नै लिडार स्क्यानर राखिएको छ ।

प्रोसेसर

नयाँ आईफोनमा एप्पलको लेटेस्ट प्रोसेसर हुनेछ । खबहरुका अनुसार नयाँ आईफोन ट्वेल्भमा ए फोर्टीन बयोनिक चिपसेट देख्न सकिनेछ ।

जहाँ बजेट मोडल ६४ जीबी, १२८ जीबी र २५६ जीबी अप्सनमा उपलब्ध हुनेछन् । सँगसँगै टप ईण्ड मोडलमा १२८ जीबी, २५६ जीबी र ५१२ जीबीको स्टोरेज प्राप्त हुनेछ । 

मूल्य

समाचारअनुसार नयाँ आईफोन ट्वेल्भ पुरानो आईफोन इलाभेनको तुलनामा सस्तो हुनेछ । नयाँ आईफोनको मूल्य पुरानो आईफोनको तुलनामा आठ हजार रुपैयाँ कम हुनेछ। आईफोनको मूल्य करिब ८५ हजार रुपैयाँदेखि सुरु हुने विश्वास गरिएको छ । 

सँगसँगै आईफोन ट्वेल्भ म्याक्सको मूल्य ९० हजार रुपैयाँ, आईफोन ट्वेल्भ प्रोको मूल्य एक लाख २५ हजार रुपैयाँ र आईफोन प्रो म्याक्सको मूल्य एक लाख ३२ हजार रुपैयाँबाट सुरु हुनेछ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३