close

अब खल्ती वालेटबाटै पीईएकाे शुल्क भुक्तानी

टेकपाना टेकपाना

भदौ ७, २०७७ ११:५१

अब खल्ती वालेटबाटै पीईएकाे शुल्क भुक्तानी

काठमाडौं । इन्जिनियरिङकाे प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थीहरुले अब ‘खल्ती’ डिजिटल वालेटबाटै पीईए एसाेसिएसनकाे शुल्क तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने कार्यका लागि पीईएसँग सम्झाैता गरेकाे हो । 

खल्तीका ग्राहकले खल्ती बजारमा रहेकाे पीईए एसाेसिएसनकाे मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यस्तै पीई‌एकाे वेबसाइटबाट पनि विद्यार्थीले याे सुविधाकाे उपयाेग गर्न सक्नेछन् ।

पीईए एसाेसिएसनले इन्जिनियरिंग पढ्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षाको तयारमा सघाउँदै आएकाे छ ।  इन्जिनियरिङ अध्ययन संस्थामा आवद्ध व्यावसायिक व्यक्तित्वहरूले सन् १९९४ मा स्थापना गरेको पीईएमा ८५ शिक्षक र ३८ जना कर्मचारी रहेका छन् ।

पीईएका सूचना प्रविधि अधिकृत आर्जन बाँस्काेटाले खल्ती डिजिटल वालेटबाटै विभिन्न शुल्क तिर्न सक्ने भएपछि विद्यार्थीलाइ पीईएकाे सुविधा लिन निकै सहज हुने विश्वास व्यक्त गरे ।

पीईएबाट हजाराैं विद्यार्थीले प्रवेश परीक्षाकाे तयारी गरेका छन् । तीमध्ये अधिकांश विद्यार्थीले उत्कृष्ट कलेजहरूमा भर्ना हुने अवसरसमेत पाएका छन् । यहाँबाट प्रवेश परीक्षाकाे तयारी गर्ने विद्यार्थीलाई प्रतिस्पर्धामा खराे रूपमा उतार्न संस्थाले शिक्षण विधि र शैक्षिक सामग्रीकाे स्तराेन्नति गरिरहेकाे छ ।

संस्थाको अनलाइन कक्षा, पुस्तकलगायतका सामग्रीहरू, परीक्षा र अग्रिम बूकिङकाे शुल्कसमेत खल्तीबाटै तिर्न सकिनेछ । ‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो ।

‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ लगायतका भुक्तानि गर्न सकिक्छ ।

साथै इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेजस्ता थुप्रै सेवाहरु लिन सकिन्छ । हाल ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३