close

सेप्टेम्बर २२ देखि ‘पोकेमन युनाइट’ गेम आईओएस र एन्ड्रोइडमा पनि

टेकपाना टेकपाना

भदौ ८, २०७८ १०:३७

सेप्टेम्बर २२ देखि ‘पोकेमन युनाइट’ गेम आईओएस र एन्ड्रोइडमा पनि

काठमाडौं । पोकेमन युनाइट मल्टिप्लेयर अनलाइन ब्याटल एरेना (मोबा) गेम गत जुलाईमा ‘निन्टेन्डो स्विच’ का लागि सार्वजनिक भएको थियो ।‌ अब यो गेम आउँदो सेप्टेम्बर २२ देखि आईओएस र एन्ड्रोइडमा पनि उपलब्ध भएको छ ।

पोकेमन कम्पनीले हालै उक्त गेमका लागि मोबाइलमा प्रि-रजिष्टर गर्न मिल्ने व्यवस्था ल्याएको छ । ‌कम्पनीका अनुसार यो गेम आधिकारिक रुपमा डाउनलोड गर्न मिल्ने भएपछि प्रयोगकर्ताहरुले नोटिफिकेशन प्राप्त गर्नेछन् ।‌ ‌

साथै प्रि-रजिस्टर गर्ने प्रयोगकर्ताले शर्त पुरा गरे बोनस कन्टेन्ट पाउने कम्पनीले जनाएको छ ।

पोकेमन युनाइट गेम निन्टेन्डो स्विच अथवा मोबाइल जुनमा खेलेपनि यसले क्रस-प्लेर्टफर्म उपलब्ध गराउँछ, जसमा पक्ष वा विपक्ष दुवै किसिमले खेल्न सकिन्छ ।‌

अकाउन्टलाई लिंक गरी मोबाइल भर्जन र स्विच भर्जन दुवैतर्फ दोहोरो रुपमा खेल्न मिल्ने कम्पनीले जनाएको छ ।‌ यसबाट बचेको डेटा र क्यारेक्टरलाई लिएर दुवै डिभाइसमा आफ्नो सहजता अनुसार गेम खेल्न सकिन्छ ।‌ ‌

गेम प्रि-रजिस्टर गर्न एन्ड्रोइडमा यहाँ र आईओएसमा यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१