close

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

टेकपाना टेकपाना

भदौ ८, २०७८ १५:४

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

काठमाडौं । रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ईकमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा सुरुवात गरिएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने कम्पनीका सञ्चालक निकेत अग्रवालले बताए । काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने उनले जानकारी दिए ।

सुरुवातमा नै ग्राहकका लागि अफरहरु ल्याएको अग्रवाल बताउँछन् । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोने पेबाट भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने उनले बताए ।

भोजले काठमाडौंका ग्राहकलाई जसरी नै बुटवल र भैरवाहामा पनि नयाँ-नयाँ अफर सार्वजनिक गर्ने उनले बताए । उपत्यकाबाहिर पहिलो पटक सेवा सुरु गरेको भोजले केही दिनमै भैरहवामा पनि सेवा दिनेछ ।

अग्रवालले गौतम बुद्धको जन्मभूमिमा सेवा सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने बताए ।

‘कोभिड-१९ का कारण ग्राहकहरु बाहिर जान रुचाउँदैनन । यो अवस्थामा सबै सुरक्षाका मापदण्ड अपनाएर ग्राहकका अफिस तथा घरमा उहाँहरूकाे मनपर्ने खाना पुर्‍याएर निर्धक्क भई आफ्नो साथी, परिवारसँग खान र रमाउने वातावरण बनाउन सकिनेछ,’ अग्रवालले भने ।

एन्ड्रोइडका लागि भोज एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

ग्राहकहरूले ईसेवा, फोन पे, आईएमई पे, कनेक्ट आईपीएस, खल्ती, क्रेडिट र डेबिट कार्डजस्ता डिजिटल पेमेन्टको सुविधा प्रयोग गर्न सक्नेछन् । विदेशमा बसेका नेपालीहरुले आफन्तका लागि पनी अर्डर गर्न सक्नेछन् ।

भोज नेपालको सबैभन्दा लोकप्रिय होम डेलीभरी सेवा भएको अग्रवालको दावी छ । काठमाडौमा चार वर्षदेखि रेस्टुरेन्ट तथा क्याफेको खाना साथै खाद्यान्न, तरकारी, फ्रोजन फुड जस्ता दैनिक उपभोग्य वस्तुहरु ग्राहकको घरसम्म पुर्‍याउँदै आएको छ ।

काठमाडौं उपत्यकामा भोजले लगभग सात सय रेस्टुरेन्ट तथा क्याफे र २० वटा खाद्यान्न स्टोरहरुसँग आवद्ध भएर ग्राहकहरुलाई सेवा उपलब्ध गराइरहेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१