close

नेपाली प्रयोगकर्ताका लागि सार्वजनिक भयो भाइबर लेन्स, कसरी गर्ने प्रयोग ? 

टेकपाना टेकपाना

भदौ २४, २०७८ २०:४६

नेपाली प्रयोगकर्ताका लागि सार्वजनिक भयो भाइबर लेन्स, कसरी गर्ने प्रयोग ? 

काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै म्यासेजिङ एप भाइबरले ‘भाइबर लेन्स’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार भर्चुअल कार्यक्रममार्फत आफ्ना नेपाली प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिन यो नयाँ फिचर ल्याएको हो । 

कम्पनीको प्रडक्ट डेभलपमेन्ट भीपी नादभ मेल्निकले स्न्यापच्याटसँगको सहकार्यमा यो नयाँ फिचर ल्याइएको जानकारी दिए ।

‘हामी प्रयोगकर्ताको व्यक्तिगत गोपनीयताको विषयलाई लिएर एकदमै गम्भीर छौँ,’ उनले भने, ‘त्यसैले प्रयोगकर्ताको कुनै पनि व्यक्तिगत जानकारी संकलन गर्दैनौं । ता कि प्रयोगकर्ताले स्वतन्त्र महसुस गर्दै म्यासेजिङ एप प्रयोग गर्न सकुन् ।’ 

भाइबरले स्थानीय बजार सुहाउँदो ‘लोकल लेन्स’ ल्याउने समेत जनाएको छ । जसमा स्थानीय परिवेश, रितिथिति र संस्कृतिसँग सम्बन्धित लेन्सहरू रहनेछन् । भाइबर लेन्सबाट भिडिओ तथा फोटो सञ्चार थप प्रभावकारी हुने कम्पनीको विश्वास छ । 

कसरी प्रयोग गर्ने ? 

  • भाइबर लेन्स प्रयोग गर्न सुरुमा आफ्नो भाइबर एप खोल्नुहोस् र च्याटबक्समा जानुहोस् ।
  • अब तल रहेको क्यामेरा आइकनमा थिच्नुहोस् ।
  • त्यसमा तल दायाँतर्फ रहेको स्नापच्याट आइकनमा जानुहोस् ।
  • यति गरेसँगै सुरुमा तपाईंको भाइबर एपमा लेन्स डाउनलोड हुनेछ ।
  • त्यससँगै तपाईंले भाइबर लेन्स प्रयोग गरेर एआर फोटो तथा भिडिओ खिच्न र जीआईएफ तयार पार्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५