काठमाडौं । बहुप्रतिक्षित एप्पल इभेन्ट आज हुँदै छ । ‘क्यालिफोर्निया स्ट्रिमिङ’ थिममा हुने यो इभेन्टमा कम्पनीले नयाँ के ल्याउला भनेर आम प्रविधिप्रमीले चासो राखिरहेका छन् ।
प्रविधि पण्डितहरूले एप्पलले आईफोन १३, एप्पल वाच सिरिज ७ का साथै थर्ड जेनेरेशनको एयरपोर्ड प्रो सार्वजनिक हुनसक्ने अनुमान गरेका छन् ।
नेपाली समयअनुसार एप्पल इभेन्ट बेलुकी १०ः४५ बजेदेखि सुरु हुनेछ ।
एप्पलको आधिकारिक युट्युव च्यानल र एप्पल इभेन्ट पेजबाट इभेन्टको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।
यो पनि पढ्नुहोस्: एप्पल इभेन्टमा नयाँ के आउँदैछन् ?
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
