काठमाडौं । नेपाली बजारमा साओमीको रेड्मी १० प्राइम सार्वजनिक भएको छ । कम्पनीले शनिबार ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित यो फोन नेपाली उपभोक्ताका लागि भित्र्याएको हो ।
रेड्मी ९ प्राइमको सफलता पछ्याउँदै यसको अपग्रेडेड भर्सन ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेड्मी १० प्राइम ५० मेगापिक्सेल क्यामेरा भएको पहिलो रेड्मी फोन हो ।
साथै कम्पनीले रेड्मी फोनमा पहिलोपटक भर्चुअल रूपमा २ जीबी र्याम थप्न मिल्ने सुविधा दिएको छ । त्यस्तै यो ९ वाट रिभर्स चार्जसहितको पहिलो रेड्मी फोनसमेत हो ।
यसमा पञ्च होल डिस्प्ले डिजाइन, ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, मिडियाटेक हेलियो जी८८ चिपसेट, हाइपर इन्जिन २.०, मियूआई १२.५ लगायतका फिचर छन् ।
त्यस्तै फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ भने स्क्रिन प्राेटेक्सनका लागि काेर्निङ गाेरिल्ला थ्री छ ।
यो फोन नेपाली बजारमा ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको २०,९९९ रूपैयाँ रहेको छ । त्यस्तै ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य २३ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ ।
यो फोन केही दिनमै साओमीका आधिकारिक स्टोर, दराज अनलाइन स्टोर, एसकार्ट लगायतबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।