close

आईफोन छोडी एन्ड्रोइडमा जाँदै हुनुहुन्छ ? यस्तो छ डेटा ट्रान्सफरको तरिका

टेकपाना टेकपाना

असोज २०, २०७८ १२:८

आईफोन छोडी एन्ड्रोइडमा जाँदै हुनुहुन्छ ? यस्तो छ डेटा ट्रान्सफरको तरिका

सामसङ र गुगल मिलेर आईफोनको डेटा नयाँ  एन्ड्रोइड फोनमा सजिलै ट्रान्सफर गर्न सकिने व्यवस्था मिलाएका  छन् । पुरानो मोबाइल बाट नयाँ मोबाइलमा स्विच हुन अलिक झन्झटिलो हुन्छ ।

अझ आईफोनबाट एन्ड्रोइडमा जाँदै हुनुहुन्छ भने त झनै गाह्रो । मोबाइल नम्बर, फोटो, भिडिओ, एप, अकाउन्ट सबै ट्रान्सफर गर्नु पर्ने हुन्छ ।

एउटा अपरेटिङ सिस्टम भएको फोनबाट अर्को अपरेटिङ सिस्टम भएको फोनमा डेटा ट्रान्सफर गर्दा निकै  समस्या आउँछ । गुगल र सामसङले आईफोन एटबाट स्लिक क्लाम्सेल डिजाइन र फोल्डिङ स्क्रिन भएको ग्यालेक्सी जेड फ्लिप थ्रीमा स्विच हुन निकै सहज बनाएका छन् ।

यसरी सजिलैसँग डेटा ट्रान्सफर गर्ने प्रक्रिया एउटा सानो  प्लास्टिक एडप्टरमा  निहित छ | एडप्टरमा एक छेउमा यूएसबी-ए कनेक्टर र अर्को छेउमा यूएसबी-सी  कनेक्टर  छ । जसले तपाईँलाई आफ्नो पुरानो आईफोनमा आफ्नो नयाँ फोन जोड्ने अनुमति दिन्छ ।

तपाईं यूएसबी-सीलाई आईफोन इलाभेन र ट्वेल्भ जस्ता नयाँ आईफोनहरूका लागि  लाइटनिङ केबलको रुपमा पनि प्रयोग  गर्न सक्नुहुन्छ ।एडप्टरबाट  फोटो, भिडिओ, फाइल, म्युजिक र वालपेपर ट्रान्सफर गरिसकेपछि आफ्नो पुरानो एप्पल फोनमा प्रयोग गर्दै आएको आईओएस एपहरूका लागि एन्ड्रोइडमा फ्रि भर्सन डाउनलोड गर्न पनि यसको प्रयोग गर्न सक्नुहुन्छ | 

एप्पलको मेसेजिङ सेवा आईमेसेजले  एन्ड्रोइड फोनमा काम गर्दैन । तर यो  एडप्टरको सहायताले  आईफोनमा मेसेज हिस्ट्री, थ्रेडलाई नयाँ एन्ड्रोइड मोबाइलमा सजिलै ट्रान्सफर गर्न सकिन्छ | हालका लागि सीमित फोनहरूका लागि उपलब्ध यो सुविधा आगामी दिनमा अन्य मोडेलहरूका लागि समेत उपलब्ध हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५