काठमाडौं । डीटएच सेवाप्रदायक डिशहोमले चाडबाडलाई लक्षित गर्दै रिचार्जमा बोनस अफर ल्याएको छ । रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकले आकर्षक बोनस पाउने कम्पनीले जनाएको छ ।
यो योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २२ सय रुपैयाँसम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिनेछ । यो योजनासँगै ग्राहकले अब मासिक ८९९ रुपैयाँमै १०० एमबीपीएस इन्टरनेटको मज्जा फाइभजी ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नुहुनेछ ।
यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु. २००० को ला लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् ।
स्पेन जाने चार भाग्यशाली विजेताको छनौट लक्की ड्रमार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ ।