close

अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, यस्तो छ उपाय

टेकपाना टेकपाना

कात्तिक २०, २०७८ १६:१

अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, यस्तो छ उपाय

काठमाडौं । यदि तपाईं फेसबुक ग्रुप चलाउनुहुन्छ भने तपाईँका लागि खुशीको खबर छ । कम्पनीले फेसबुक ग्रुपका लागि मनिटाइजेसन फिचर ल्याउने भएको छ ।

फेसबुकले यसका लागि नयाँ टुलको टेस्टिङ गरिरहेको छ, जसमार्फत ग्रुप एड्मिनले आम्दानी गर्न सक्नेछन् । परीक्षणमा रहेको यो टुल्समा एडमिनका लागि शपिङ, फन्डरेजिङ र सब्स्क्रिप्सन जस्ता फिचर रहेका छन् ।

फेसबुकका अनुसार यी नयाँ फिचर ग्रुप एड्मिनका लागि निकै सहयोगी हुनेछन् र उनीहरूलाई मनिटाइजेसनका लागि तीन विकल्प उपलब्ध हुनेछन् । 

फेसबुक ग्रुप एड्मिन कम्युनिटी शप्स तथा फन्ड रेजिङको माध्यमबाट पैसा जुटाउन सकिनेछ । कम्युनिटी शप्स फेसबुकमा यस अघिदेखि उपलब्ध फिचर हो । अब ग्रुप एड्मिनले यसबाट पनि मर्चेन्डाइज बिक्री गर्न सक्नेछन् ।

फन्डरेजिङ फिचरको माध्यमबाट फेसबुक ग्रुप एड्मिनले कुनै पनि प्रोजेक्टको लागि क्राउड फन्डिङ जुटाउन सक्नेछन् । ग्रुप चलाउन आवश्यक खर्चका लागि ग्रुप एड्मिनले प्रयोगकर्ता तथा सदस्यहरूसँग पैसा मागेर आम्दानीको स्रोत बनाउन सक्नेछन् ।

अर्को फिचर भनेको सब्स्क्रिप्सनको हो । सशुल्क सब-ग्रुप (उप-समूह) यस्तो फिचर हो, जसमा फेसबुक ग्रुपभित्र रहेका सीमित सदस्यहरूका लागि बनाइएका साना साना ग्रुपमा राख्न सकिन्छ ।

यसको माध्यमबाट जसलाई अतिरिक्त कन्टेन्ट चाहिन्छ, त्यस्ता प्रयोगकर्ताले युजर सब्सक्रिप्सन खरिद गरेर पहुँच पाउन सक्छन् । सब्स्क्रिप्सनको पैसा ग्रुप एड्मिनलाई दिइन्छ । फेसबुक ग्रुपमा सब-ग्रुप बनाउने विकल्प रहनेछ ।

यस्तोमा तपाईंले सब-ग्रुप बनाएर क्राउड फन्डिङ लिन सक्नुहुन्छ । फेसबुक चाहन्छ कि क्रियटरले ग्रुपको माध्यमबाटआम्दानी गर्न सकुन् । यस्तोमा प्रयोगकर्ताका लागि एड्मिनहरूले खास किसिमका सामग्री पस्किन सकुन् ।

त्यसो त फेसबुकका सबै ग्रुपले यो सुविधा चाहन्छन् भन्ने छैन । तर कयौँ ग्रुप अहिले पनि मर्चेन्डाइज तथा फन्ड रेजिङ गराइरहेका हुन्छन् । फेसबुकले यो फिचर सबै ग्रुपका लागि एकसाथ सार्वजनिक भने गर्नेछैन ।

कम्पनीले यो फिचर क्रमशः उपलब्ध गराउनेछ । मनिटाइजेसन फिचरसँगै फेसबुक ग्रुपमा अन्य नयाँ फिचर समेत आउनेछन् । जसमा नयाँ कस्टमाइजेसन फिचर उपलब्ध हुनेछन् ।

जसको सहयोगमा ग्रुप एड्मिनले आफ्नो ग्रुपको ब्याकग्राउन्ड कलर, फन्ट स्टाइल आदि परिवर्तन गर्न सक्नेछन् । फेसबुक ग्रुप एड्मिन तथा मोडेरेटरका लागि कम्युनिटी च्याट हुनेछ । जसको सहयोगमा उनीहरूले आपसमा राम्रोसँग सञ्चार गर्न सक्नेछन् ।

एउटा नयाँ फिचर्ड सेक्सन पनि हुनेछ । जसमा एड्मिन कन्ट्याक्टलाई कोपिन गर्न सकिनेछ । यस बाहेक कम्पनीले आगामी दिनमा फेसबुक पेज र ग्रुपका लागि अन्य टुल्स समेत परीक्षण गर्ने तयारी गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५