काठमाडौं । कहिलेकाहीँ तपाईंलाई ह्वाट्सएपमा पब्लिक रुपमा आएको म्यासेज त्यहीँ कसैलाई प्राइभेट रुपमा पठाउनु परेको हुनसक्छ । जस्तै: तपाईं ह्वाट्सएपको कुनै ग्रुपमा हुनुहुन्छ । त्यसमा आएको म्यासेज कसैलाई प्राइभेट रुपमा पठाउनु पर्यो भने के गर्ने त ?
यस्तोमा ह्वाट्सएपले प्रयोगकर्तालाई सहज विकल्प उपलब्ध गराएको छ । जसको बारेमा हामी धेरैलाई जानकारी नहुन सक्छ । यो फिचर आईओएस तथा एन्ड्रोइड दुवैमा उपलब्ध छ । तर यसको प्रक्रियामा भने केही भिन्नता छ । त्यसैले यहाँ हामी तपाईँहरूलाई आईओएस र एन्ड्रोइड दुवैमा कसरी पब्लिक म्यासेजलाई प्राइभेट रुपमा पठाउने भन्ने तरिका सिकाउँदै छौ ।