काठमाडौं । डीटीएच सेवा दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटलाइट टेलिपोर्ट स्थापना गरेको छ ।
छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटलाइट टेलिपोर्ट स्थापना गरेको हो ।
आउने दिनमा कुनै पनि प्राविधिक अथवा प्राकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्ने सोच सहित दोस्रो स्याटलाइट टेलिपोर्ट स्थापना गरेको कम्पनीले बताएको छ ।
छ्यासीकोटमा रहेको डिशहोमको स्टेशनमार्फत फाइबर केबलको माध्यमबाट डुकुछापमा स्थापना भएको स्याटलाइट टेलिपोर्टसम्म पुर्याई डिशहोमका सम्पूर्ण टेलिभिजनका सिग्नल स्याटलाइटमा अपलिंक गरी प्रसारण गर्नसक्ने क्षमता रहेको जनाइएको छ ।