close

यसरी बन्द गर्नुहोस् फेसबुकमा अनावश्यक कमेन्ट

टेकपाना टेकपाना

पुस २, २०७८ १४:४९

यसरी बन्द गर्नुहोस् फेसबुकमा अनावश्यक कमेन्ट

काठमान्डौँ। तपाईँ पक्कै पनि फेसबुक चलाउनु हुन्छ। फेसबुकमा फोटो राख्ने , आफ्नो विचार वा अन्य कुनै पोस्ट पनि गर्नु हुन्छ होला । यसो गर्दा धेरै कमेन्ट पनि आउँछन् होला । 

अनावश्यक टिप्पणी (कमेन्ट) आएर हैरान हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामी आज फेसबुकमा आफ्नो पोस्टको  कमेन्ट कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारे चर्चा गर्छौ। 

तपाईँले  पब्लिक, प्राइभेट वा आफ्नो फेसबुक साथीहरुले मात्र देख्ने गरी पनि पोस्ट राख्न सक्नुहुन्छ।  फेसबुकले तपाईँलाई पोस्ट मात्र नभई कमेन्ट पनि नियन्त्रण गर्न सकिने सुविधा दिएको छ।  यसमार्फत तपाईँले आफ्नो फेसबुक पोस्टमा कसलाई कमेन्ट गर्न दिने वा नदिने भनेर नियन्त्रण गर्न सक्नुहुन्छ।  

यसका लागि तपाईँले पहिले आफूले कमेन्ट नियन्त्रण गर्न चाहेको पोस्टमा जानुहोस्।  

पोस्टको माथि देखिएको तीन थोप्लोमा क्लिक गर्नुहोस् ।  

हु क्यान कमेन्ट अन योर पोस्ट? (“Who can comment on your post?”) भन्ने अप्सनमा गएर आफ्नो पोस्टमा कसलाई मात्रै कमेन्ट गर्न दिने हो निर्क्यौल गर्नुहोस् ।  

तपाईँले पब्लिक(“public”), फ्रेन्ड्स (“friends”) वा पेज एण्ड प्रोफाइल यु मेन्सन (“Pages and Profile you mentioned”) मध्ये कुनै एक अप्सन छान्न सक्नुहुन्छ।

पब्लिक गरेमा सबैले कमेन्ट गर्न पाउँनेछन, फ्रेन्ड्स गर्नुभयो भने तपाईँका फेसबुक फ्रेन्ड्सले मात्र कमेन्ट गर्न पाउँछन भने पेज एण्ड प्रोफाइल यु मेन्सन गरेमा तपाईँको पोस्टमा मेन्सन भएका पेज र प्रोफाइलले मात्र कमेन्ट गर्न पाउँछन।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२