close

वीपी प्रतिष्ठानमा अब ल्याब रिपोर्ट पनि अनलाइनबाटै

टेकपाना टेकपाना

पुस ४, २०७८ ९:४०

वीपी प्रतिष्ठानमा अब ल्याब रिपोर्ट पनि अनलाइनबाटै

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले अनलाइनबाटै बिरामीको ल्याब रिपोर्ट पठाउन थालेको छ । हालै अनलाइन टिकेटिङ सेवा सुरु गरेको प्रतिष्ठानले मिदास टेक्नोलोजीसँग सहकार्य गरी ल्याब रिपोर्ट पनि अनलाइनबाटै पठाउने व्यवस्था गरेको हो ।

यो सेवा सञ्चालना आएपछि अब ल्याब रिपोर्ट लिन लाइनमा बस्नपर्ने झन्झटकाे अन्त्य भएकाे छ । सेवाग्राहीले अस्पतालको मोबाइल एपमै रिपाेर्ट हेर्नसक्नेछन् ।

यसअघि प्रतिष्ठानले मोबाइल एपमार्फत टिकट लिने सुविधा सञ्चालन गरेकाे थियाे । मोबाइल एप डाउनलोड गरेर लगइन गरिसकेपछि आफ्नो आवश्यकता अनुसार डाक्टरको समयका लागि अनलाइन टिकट लिन सकिन्छ ।

योसँगै अब डाक्टर आउने समयभन्दा अगाडि नै गएर टिकट लिनुपर्ने तथा लामो लाइनमा बसेर टिकट लिनुपर्ने बाध्यता हटेको छ ।

आगामी दिनमा टेकेटिङ सेवा, ल्याब रिपोर्टसँगै अन्य सेवा पनि अनलाइनबाटै दिनमिल्ने गरी काम भइरहेको प्रतिष्ठानका निमित्त निर्देशक डा. विकास साहले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२