close

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य

टेकपाना टेकपाना

पुस १९, २०७८ १२:२७

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य

काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरुसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमकी प्रमुख प्राविधिक अधिकृत वैद्यलाई सो जिम्मेवारी तोकेको हो ।

हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा वैद्यलाई निमित्त प्रबन्ध निर्देशक बनाइएको हो । अधिकारीको कार्यकाल यही पुस २२ देखि सकिँदैछ ।

मन्त्रालयले नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाए पनि यसविरुद्द उच्च अदालत पाटनमा दुई छुट्टा-छुट्टै मुद्दा दायर भएको छ ।

‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ तोकिएको उमेर हदका विषयमा विवाद चर्कदै जाँदा यो विषय अदालतसम्म पुगेको हो ।

टेलिकमका अवकाशप्राप्त डेपुटी म्यानेजर सुरेन्द्रमान सिंह र डा. राजेन्द्रकुमार पोखरेलले दुई फरक मुद्दा उच्च अदालत पाटनमा दायर गरेका थिए ।

दुवै मुद्दामा अदालतले कारण देखाऊ आदेश जारी गरेका थियो ।

त्यतिमात्रै नभएर सरकारले जारी गरेको ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सेवा–सुविधासम्बन्धी निर्देशिका, २०७८’ कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत जारी गरेको छ ।

यसैबीच टेलिकमको प्रबन्ध निर्देशक पदका लागि नौ जनाको उम्मेदवारी परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कम्पनीको रिक्त हुन लागेको याे पदमा नियुक्तिका लागि दरखास्त माग गरेको समयसीमाभित्र टेलिकमभित्र र बाहिरका नौ जनाले उम्मेदवारी दिएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२