close

विन्डोज ११ मा यसरी लिनुहाेस् चार थरी स्क्रिनको मज्जा

टेकपाना टेकपाना

पुस २३, २०७८ १६:४४

विन्डोज ११ मा यसरी लिनुहाेस् चार थरी स्क्रिनको मज्जा

काठमाडौं । कम्युटरमा कुनै भिडियो हेर्दा वा केही पढ्दै स्क्रिन रोटेट गर्नु निकै लाभदायक हुन सक्छ। अझ उल्टोपाल्टो गरी खिचिएको भिडिओ हेर्न झन् अप्ठेरो हुन्छ।  त्यस्ता भिडिओलाइ आफैँले स्क्रिन रोटेट गरेर मिलाएर हेर्न सकिन्छ।  

कुनै थर्ड- पार्टी  सफ्टवेयर बिना नै विन्डोज अपरेटिङ सिस्टममा सेटिङमा गएर डिस्प्ले  कन्फिगरेसनमा परिवर्तन गरेर सजिलै रोटेट गर्न सकिन्छ। विन्डोज ११ मा ल्यान्डस्केप, पोट्रेट, फ्लिप्ड ल्यान्डसकेप र फ्लिप्ड पोट्रेट गरी जम्मा ४ ढंगले स्क्रिनलाइ रोटेट गर्न सकिन्छ।  

हामी आज दुई प्रक्रियाबाट स्क्रिन रोटेट गर्न सिकाउँछौं।  

 डिस्प्ले सेटिङबाट रोटेट गर्नुहोस् 

‍ १‍‍. सेटिङमा जानुहोस् 

२. डिस्प्ले छान्नुहोस् 

३. डिस्प्ले ओरिन्टेसनमा जानुहोस्।  

४. त्यहाँ देखिने ४ अप्सनमध्ये आवश्यकता अनुसार कुनै पनि छान्न सक्नुहुन्छ।  

अर्को तरिका, किबोर्ड सर्टकटबाट रोटेट गर्नुहोस्।  

किबोर्ड सर्टकटबाट सजिलैसँग स्क्रिन रोटेट गर्न सक्नुहुन्छ।  

CTRL + ALT + UP Arrow संगै  प्रेस गर्नुभयो भने ल्यान्डस्केप मोडमा जान्छ।  

CTRL’ + ALT + DOWN Arrow संगै  प्रेस गर्नुभयो भने फ्लिप्ड ल्यान्डस्केप मोडमा जान्छ।

CTRL’ + ALT + LEFT  Arrow संगै  प्रेस गर्नुभयो भने पाेट्रेट मोडमा जान्छ।

CTRL’ + ALT + DOWN Arrow संगै  प्रेस गर्नुभयो भने फ्लिप्ड पोट्रेट मोडमा जान्छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५