close

मोबाइल स्क्रिनमा जहाँ छुँदा पनि अनलक हुने फिचर ल्याउँदै साओमी

टेकपाना टेकपाना

माघ १०, २०७८ १८:१४

मोबाइल स्क्रिनमा जहाँ छुँदा पनि अनलक हुने फिचर ल्याउँदै साओमी

काठमाडौं । स्मार्टफोनको डिस्प्लेमा फरक फरक फिचर उपलब्ध गराइरहने साओमीले यो पटक ‘फुल-स्क्रिन फिंगरप्रिन्ट’ प्रविधिको प्रयोग गर्ने भएको छ ।

हालै मात्र कम्पनीले फुल-स्क्रिन फिङ्गरप्रिन्ट प्रविधिको प्याटेन्ट प्राप्त गरेको छ । यो प्रविधिको सहयोगमा मोबाइल अनलक गर्नको लागि डिस्प्लेमा जहाँ छोए पनि हुन्छ ।

अहिले भएका स्मार्टफोनमा अनलक गर्नको लागि मोबाइलको डिस्प्लेको तलपट्टि बीचमा फिंगरप्रिन्ट अप्सन हुन्छ । तर यो प्रविधिको साथमा भने डिस्प्लेको जता छोए पनि मोबाइल अनलक गर्न सकिन्छ ।

यसले प्रयोगकर्तालाई आकस्मिक समयमा मोबाइल छिटो अनलक गर्न सहयोग हुनेछ ।

साओमीको अब आउने नयाँ फोनमा यही प्रविधि प्रयोग हुने अनुमान गरिएको छ । यद्यपि कम्पनीले यो प्रविधिको विषयमा आधिकारिक रुपमा अहिले नै केही कुरा भने गरिसकेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२