close

एसएमएस पठाउने स्मार्ट तरिका

टेकपाना टेकपाना

फागुन १, २०७८ १७:५७

एसएमएस पठाउने स्मार्ट तरिका

काठमाडौं । पछिल्लो समय एन्ड्रोइड प्रयोगकर्तामाझ गुगल म्यासेज लोकप्रिय बन्दै गइरहेको छ । आजभोलिका धेरै एन्ड्रोइड फोनमा त गुगल म्यासेज डिफल्ट रुपमै इन्स्टल भएर आएको हुन्छ । यो प्रयोग गर्न पनि सहज छ ।

साथै यसमा भएका विभिन्न फिचरले थप सरल र आकर्षित बनाएको छ । गुगल म्यासेजमा भएका फिचरको थप फाइदा उठाउन यहाँ उल्लेखित उपाय अपनाउन सक्नुहुन्छ । 

१. वेब ब्राउजरबाटै म्यासेज पठाउनुहोस् 

गुगल म्यासेज एन्ड्रोइड फोनमा मात्र होइन, वेब ब्राउजरमा पनि उपलब्ध छ । यो तपाईंका लागि एकदमै उपयोगी हुँदैछ । 

– ब्राउजर ओपन गरेर यो लिंकमा क्लिक गर्नुहोस् ।

– मोबाइलको गुगल म्यासेज खोल्नुहाेस् । 

– स्क्रिनको दायाँतिर सबैभन्दा माथि रहेको तीनवटा थोप्लामा क्लिक गर्नुहोस् र ‘डिभाइस पेयरिङ’ अप्सनमा क्लिक गर्नुहोस् । 

– क्यूआर कोड स्क्यानरमा क्लिक गर्नुहोस् ।

– ब्राउजरमा दिइएको क्यूआर कोड स्क्यान गर्नहोस् र डेस्कटपबाट नै म्यासेज पठाउन सक्नुहुन्छ ।

– यदि तपाईंको आफ्नो व्यक्तिगत कम्प्युटरमा यो फिचर प्रयोग गरिरहनु भएको छैन भने डिभाइस अनप्यर पनि गर्न सक्नुहुन्छ । यसका लागि कम्प्युटरको देब्रेपट्टि देखिने तीनवटा थोप्लामा क्लिक गर्नुहोस् र ‘अनप्यर’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । 

२. आरसीएस फिचर इनेबल गर्नुहोस् 

हामीले प्रयोग गर्ने एसएमएस तथा एमएमएस फिचरमा भएको एउटै कमी हो, इन्ड-टु-इन्क्रिप्सन अर्थात सन्देश पठाने र पाउने बीचको कुराकानी गोप्य रहनु ।

गत वर्षदेखि गुगलले नेपालमा पनि आरसीएस अर्थात् रिच कम्युनिकेसन सर्भिस म्यासेजिङ एप सार्वजनिक गरेको छ । यसमार्फत तपाईंले आफ्नो कुराकानी सुरक्षित राख्न सक्नुहुन्छ ।

– म्यासेज एप ओपन गरेर सेटिङमा जानुहोस् र च्याट फिचर इनेबल गर्नुहोस् ।

– आफ्नो फोन नम्बरलाई प्रमाणित गर्नुहोस् । यसको लागि भेरिफाई योर नम्बर अप्सनमा क्लिक गर्नुहोस् र आफ्नो फोन नम्बर राखेर स्क्रिनको दायाँ पट्टि भएको ‘भेरिफाई नाउ’ अप्सनमा क्लिक गर्नुहोस् ।

३. म्यासेज सेड्युल गर्नुहोस् 

कहिलेकाहिँ कुनै समयमा कसैलाई म्यासेज पठाउने पर्ने हुनसक्छ । तर हामी भुलिरहेका हुन्छौं । यसले गर्दा केही महत्त्वपूर्ण म्यासेजहरू पनि छुट्न जान्छ । गुगलले भने यसका लागि म्यासेज सेड्युल गर्ने अप्सन दिएको छ । 

– म्यासेज ट्याप गर्नुहोस् ।

– सेन्ड बटनमा लामो समयसम्म क्लिक गर्नुहोस् ।

– ‘प्रि-सेलेक्टेड डेड एन्ड टाइम’ मा क्लिक गर्नुहोस् र आफूले चाहेको डेट र टाइम सेट गर्नुहोस् ।

४. बबल च्याटहेड प्रयोग गर्नुहोस् 

सामान्यतया मोबाइलमा म्यासेज आउँदा म्यासेज एपमा रातो अंक सहितको नोटिफिकेसन आउँछ । तर यदि तपाईं आफ्नो म्यासेजिङ एपलाई अलि आकर्षित देखाउनु चाहनुहुन्छ भने गुगल म्यासेजको च्याटहेड प्रयोग गर्न सक्नुहुन्छ ।

– म्यासेज ओपन गरेर स्क्रिनको दायाँपट्टि भएको तीनवटा थोप्लामा क्लिक गर्नुहोस् ।

– सेटिङ्समा क्लिक गर्नुहोस् ।

– ‘बबल्स’ अप्सनमा क्लिक गर्नुहोस् । तपाईंले आफ्नो इच्छा अनुसार सबे म्यासेजमा बबल च्याटहेड राख्ने अथवा केही सीमित म्यासेजमा मात्र राख्ने भनेर छनौट गर्न सक्नुहुन्छ । 

५. सिमित म्यासेजमा बबल च्याटहेड राख्नुहोस् 

– आफूले चाहेको म्यासेज खोल्नुहोस् ।

– स्क्रिनको माथि दायाँतिर रहेको तीनवटा थोप्लामा क्लिक गर्नुहोस् ।

– डिटेल्स अप्सनमा क्लिक गर्नुहोस् ।

– नोटिफिकेसन अप्सनमा क्लिक गर्नुहोस् ।

– ‘बबल दिस कन्भर्सेसन’ अप्सनमा क्लिक गर्नुहोस् 

६. महत्त्वपूर्ण म्यासेजहरू मार्क गर्नुहोस् 

कहिलेकाहिँ केही महत्त्वपूर्ण म्यासेजहरू अन्य अनावश्यक म्यासेजका कारण तलतिर पर्न जान्छ । आवश्यक पर्दा त्यस्ता म्यासेजहरू खोजीरहनुपर्ने झन्झट पनि हुन्छ ।

यो समस्यालाई सम्बोधन गर्न गुगल म्यासेजले मार्किङ गर्ने अथवा चिन्ह लगाउने सुविधा दिएको छ । 

– महत्त्वपूर्ण म्यासेजमा लामो समय सम्म होल्ड गर्नुहोस् ।

– पपअप बक्समा आउने स्टार बटनमा क्लिक गर्नुहोस् ।

– मार्क गरिएको म्यासेज हेर्न गुगल म्यासेजको होम स्क्रिनमा जानुहोस् ।

– स्टार्ड अप्सनमा क्लिक गर्नुहोस् ।

७. रिमाइन्डर म्यासेज राख्नुहोस् 

तपाईंलाई कसैले कुनै समयमा आइपुग्नको लागि म्यासेज गरेको छ अथवा कुनै मिटिङको समय दिएको छ र तपाईं त्यो याद गर्न चाहनुहुन्छ भने सो म्यासेज रिमाइन्डरमा राख्न सक्नुहुन्छ ।

– रिमाइन्डरमा राख्न चाहनुभएको म्यासेजमा लामो समयसम्म होल्ड गर्नुहोस् ।

– पपअप बक्समा आउने (घडी जस्तो संकेत) भएको रिमाइन्डर बटनमा क्लिक गर्नुहोस् ।

– प्रिसेलेक्टेड डेड एण्ड टाइममा क्लिक गर्नुहोस् र आफलाई रिमाइन्ड गर्नुपर्ने समय र मिति राख्नुहोस् । यति गर्नु भएपछी रिमाइन्डर राखिएको म्यासेजमा घडिको आईकन आउनेछ ।

८. लोकेसन शेयर गर्नुहोस् 

अन्य प्लेटफर्महरू जस्तै गुगल म्यासेजमा पनि गुगल म्याप मार्फत आफ्नो लोकेसन शेयर गर्न सक्नुहुन्छ ।

– लोकेसन शेयर गर्न चाहेको व्यक्तिसँगको म्यासेजमा क्लिक गर्नुहोस् ।

– स्क्रिनमा देखिने प्लस बटनमा क्लिक गरेर लोकेसनमा क्लिक गर्नुहोस्  ।

– सेन्ड दिस लोकेसनमा क्लिक गर्नुहोस्  र आफ्नो लोकेसन शेयर गर्नुहोस् ।

९. म्यासेज सर्च गर्नुहोस् 

कहिलेकाही केही महत्त्वपूर्ण म्यासेज अथवा अन्य कुनै म्यास‍ेज खोज्नुपर्‍यो भने तपाईंले म्यासेजमा गएर स्क्रिन स्क्रोल गरिरहन पर्दैन ।

यसका लागि म्यासेजको टपमा हुने सर्च बक्समा आफूले खोज्न चाहेको अंक अथवा शब्द राखेर म्यासेज खोज्न सक्नुहुन्छ ।      

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२