close

‘ओपनसी’ प्लेटफर्ममा साइबर आक्रमण, करोडौं मूल्यको एनएफटी चोरी

टेकपाना टेकपाना

फागुन ९, २०७८ १७:३८

‘ओपनसी’ प्लेटफर्ममा साइबर आक्रमण, करोडौं मूल्यको एनएफटी चोरी

काठमाडौं । ह्याकरले फिशिङ आक्रमणमार्फत एनएफटी किनबेच हुने प्लेटफर्म ‘ओपनसी’ बाट कराेडाै मूल्यकाे एनएफटी चोरेका छन् ।

कम्पनीका अनुसार ह्याकरले फिशिङ आक्रमणमार्फत १७ लाख डलर (करिब २० करोड ३२ लाख रुपैयाँभन्दा बढी) बराबरको एफएफटी चोरी गरेका हुन् । 

कम्पनीका अनुसार ३२ जना प्रयोगकर्ताको २५४ वटा टोकन चोरी भएको छ । ह्याकरले प्रयोगकर्तालाई सुरक्षा जोखिम भएको भुक्तानी प्रणालीमा साइन गर्न लगाई उनीहरूको एनएफटीमा पहुँच बनाएर रकम ट्रान्सफर गरेको बताइएकाे छ ।

यो फिशिङ कहाँबाट कसरी भएको हो भन्ने विषयमा छानबिन भइरहेको कम्पनीले जनाएको छ ।

ओपनीसीमा कन्ट्रयाक्ट (सम्झौता) का लागि नयाँ सिस्टम अपग्रेड गर्ने क्रमको फाइदा उठाई ह्याकरले पीडितलाई नक्कली कन्ट्र्याक्टमा साइन गर्न लगाई उनीहरूको टोकनमा पहुँच पाएको कम्पनीले बताएको छ ।

त्यसैले यो आक्रमण निश्चित रुपमा फिशिङ आक्रमण नै भएको कम्पनीकाे ठहर छ । यो आक्रमण ओपनसी भित्रैबाट भने नभएको कम्पनीका सीईओ डेभिन फिन्जरले आफ्नो ट्वीट मार्फत बताएका छन् ।

ओपनीसी एनएफटीको बजारमा सबैभन्दा धेरै चर्चामा आएको र धेरै कारोबार हुने प्लेटफर्म हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२