काठमाडौं । हामी सबैको स्मार्टफोन, कम्प्युटर वा अन्य उपकरणमा भएको ब्लुटुथ एउटा उपकरणबाट अर्को उपकरणमा गीतसङ्गीत बजाउन, फाइलहरू आदानप्रदान गर्न, कम्प्युरमा प्रिन्टर लिङ्क गर्न आदि जस्ता कार्यका लागि प्रयोग भइरहेको भए पनि यसको इतिहास भने अर्कै छ ।
आजभन्दा २८ वर्षअघि आविष्कार भएको ब्लुटुथको नाम कसरी रहन गयो वा भनौँ यसको अर्थ के हुनसक्छ वा कुन प्रयोजनका लागि यसको आविष्कार भएको होला भन्नेबारे तपाईँले पनि चासो राखिरहनु भएको हुनसक्छ । यसको आविष्कार भएको २८ वर्ष भए पनि ब्लुटुथ नाम आएको धेरै भइसकेको छ ।
यो नाम नोर्डिकका शासक जसले सताब्दी अघि शासन गरेका थिए, उनैबाट उत्पत्ति भएको मानिन्छ । राजा हराल्ड ‘ब्लुटुथ’ गोर्मस्सन, जसले दशौँ शताब्दीमा डेनमार्क र नर्वेलाई एकसाथ मिलाएका थिए ।
उनकै मृत्यु पश्चात टुथ उपनामको विकास भएको विश्वास छ । ब्लुटुथ भौतिक रूपमा नजिकै कनेक्सनमा रहेका उपकरणबीच एकअर्कोमा डेटा आदान प्रदान गर्नका लागि निर्माण गरिएको थियो ।
यसको नाम भने दुई राष्ट्रलाई एकीकृत गर्ने राजा हराल्डको विचारबाट प्रभावित भएर राखिएको थियो । सुरुसुरुमा प्रविधि विकास भइरहेको बेला ब्लुटुथ इन्टरनल कोडको टाइटल बाहेक अरू केही हुन्छ भन्ने नै थिएन ।
यसलाई चाहे अनुसार विशेष बनाउन अन्य विकल्प विफल भइरहेको र समय आइसक्दा पनि सार्वजनिक गर्न नसक्ने भएकाले इन्जिनियरले यसलाई कोड नाममा स्थापित गर्ने निर्णय गरे । ब्लुटुथ नामले जति महत्त्व र अर्थ बोकेको छ, त्यस्तै यसको लोगोले पनि महत्त्वपूर्ण इतिहास बोकेको छ ।
ब्लुटुथको लोगोको सुरुमा राजा हराल्डको अग्रसरतामा तयार भएको ‘रुने’ लिपीका दुई अक्षर ᚼ (Hagall) र ᛒ (Bjarkan) बाट बनेको हो । स्क्यान्डिनाभियामा इसाई धर्म परिचित गराएकाले राजा हराल्डले उबेलाको नर्वेमा शासन गरेका थिए ।
जुन भूभाग आज दक्षिणी स्विडेन, उत्तरी जर्मनी र डेनमार्कको रुपमा विभाजित छन् । केहीले उनको उपनाम टुथ उनको छालाको रङ्गबाट उत्पत्ति भएको मान्छन् भने केहीले उनको अनौठो रङ्गको दाँतले उनको उपनाम टुथ भएको भन्ने विश्वास गर्छन् ।
शताब्दीऔँ अघि उनीहरूको भाषामा कालो छालालाई अनुवाद गरेर ब्ला (Blaa) राखिएको शब्द आधुनिक डेनिस शब्द ब्लू भएको छ । त्यहीँबाट ब्लुटुथ विकसित भएको मानिन्छ ।