काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले स्क्रिनमा छिद्र (हाेल) नै नभएको स्मार्टफोन ल्याउने भएकाे छ । अमेरिका लगायत युरोपका केही देशले प्रतिबन्ध लगाएसँगै ह्वावे स्मार्टफोन उद्योगमा आफ्नो स्थान बनाउन संघर्षरत छ ।
यस्तोमा कम्पनीले स्मार्टफोनमा नयाँ प्रविधिको रुपमा ‘होललेस’ स्क्रिनमा आधारित स्मार्टफोन ल्याउने तयारी गरेको हो । त्यसका लागि हालै उसले ‘होललेस’ स्क्रिनमा प्याटेन्ट दर्ता गराएको छ ।
दर्ता भएको पेटेन्ट अनुसार मोबाइलमाकाे स्क्रिनमा पपअप क्यामेरा पनि हुनेछैन ।
त्यो भन्दा पनि मोबाइलको स्क्रिनमा क्यामेरा तथा स्पिकरका लागि कुनै स्थान दिइएको छैन ।
त्यो हिसाबले यो मोबाइलमा अन-स्क्रिन क्यामेरा हुनसक्ने आँकलन गरिएको छ । त्यस्तै फाेनको मुख्य क्यामेरा ‘ओभल’ अर्थात् गाेलाकार आकारको हुनेछ ।