काठमाडौं । इजरायल विश्वमै पहिलो पटक एन्टी मिसाइल लेजर सिस्टम विकास गर्न सफल भएको छ । इजरायलले विकास गरेको यो सिस्टम लेजर लाइटबाट सञ्चालित हुन्छ ।
गाँजापट्टीबाट इजरायलमाथि हुने आक्रमणलाई निस्तेज पार्ने उद्देश्यका साथ उसले यो सिस्टम विकास गरेको हो । यानकी गाँजापट्टीबाट हमास विद्रोहीले गर्ने हवाई आक्रमणलाई आकासमै निष्कृय तथा ध्वस्त पार्नका लागि एन्टी मिसाइल लेजर लाइट सिस्टम प्रयोगमा आउनेछ ।
अहिलेसम्म इजरायल आफ्नो आइरन डोम सिस्टमका लागि परिचित रहेको थियो । यही यन्त्रको सहयोगमा इजरायलले आफ्नो देशमाथि हुने मिसाइल, मोर्टार, रकेट जस्ता हवाई आक्रमणलाई निस्तेज पार्न प्रयोग गर्दै आएको छ ।
यसमा रहेको राडारले त्यस्ता वस्तुहरूलाई पहिचान गरी निशाना तय गर्न र स्वचालित तवरमा मार हान्न सक्छ । जसले गर्दा इजरायलको भूमिमा मोर्टार तथा मिसाइल खस्न पाउँदैनन् ।
इजरायलको गाँजापट्टीमा रहेको आतङ्कवादी सङ्गठन हमासले लगातार रुपमा इजरायलमाथि बमबारी गर्दै आएको छ । जसले इजरायलमाथि एक साथ चार हजार बम प्रहार गर्दछ । तर इजरायलको आइरन डोम सिस्टमको ‘इफिसेन्सी’ (सक्षमता) ९० प्रतिशत रहेको छ ।
यसको अर्थ सय बम प्रहार हुँदा यसले ९० बमलाई नष्ट गरिदिन सक्छ । तर बाँकी १० बम भने इजरायलको सीमामा खस्ने गर्छन् । यसबाट इजरायलले नोक्सानी बेहोर्दै आएको छ ।
इजरायलका लागि यसरी आउने बम आफ्नो भूमिमा खस्ने र त्यसबाट आफ्ना नागरिक मारिने समस्या मात्र नभएर गाँजापट्टी आउने हुने हवाई बम हमलालाई निष्क्रिय पार्न आइरन डोम प्रयोग गर्दा त्यसको गोली बारुदको खर्च समेत महँगो हुने गर्छ ।
Israel has successfully tested the new “Iron Beam” laser interception system.
This is the world’s first energy-based weapons system that uses a laser to shoot down incoming UAVs, rockets & mortars at a cost of $3.50 per shot.
लेजरमा आधारित इजरायलको यो हवाई प्रतिरक्षा प्रणालीमार्फत विपक्षीबाट आएको एउटा रकेट नष्ट गर्न केवल ३.५ अमेरिकी डलर अर्थात करिब ४२५ रुपैयाँ खर्च लाग्ने बताइएको छ । सामान्यतया मिसाइलको रुपमा प्रहार गरिने गोलीका लागि ५० हजार देखि एक लाख रुपैयाँसम्म खर्च हुने गर्दछ ।
अब यस्तोमा एक लाख मूल्य पर्ने रकेटको गोली केवल ४२५ रुपैयाँमै नष्ट गर्न सकेको अवस्थामा यो इजरायलका लागि आर्थिक जित समेत हुनेछ ।
इजरायलले यो सिस्टम आफ्नो नागेभ मरुभूमिमा सफलता पूर्वक परीक्षण समेत गरिसकेको छ । सन् २०२४ देखि यो सिस्टम प्रयोगमा ल्याउने लक्ष्य राखेको इजरायलले त्यसको दुई वर्ष अघि नै सफलता प्राप्त गरेको हो ।
आउँदो १० मेका दिन हमासले इजरायलमाथि हवाई हमला गर्ने कार्यतालिका छ । सन् २०२१ मा इजरायल र गाँजापट्टी बीच ११ दिवसीय युद्ध चलेको थियो ।
सोही दिन नजिकिँदै गर्दा दुवै तर्फ युद्धको तयारी अगाडि बढेको हो । कस्तो प्रविधि हो इजरायलको एन्टी मिसाइल लेजर लाइट सिस्टम ? तपाईँले पक्कै पनि लेजर लाइट त सुन्नु भएकै होला ।
अहिलेको समयमा पनि मेला, पर्व वा उत्सवहरूमा लेजरलाइट प्रयोग भइरहेको हुन्छ । यस्तो लाइट ससाना मात्रै नभएर स्टेज वरिपरि ठूलाठूला आकारका लेजर लाइट समेत राख्ने गरिन्छ । जसले प्रकाशलाई निकै टाढाटाढासम्म पुर्याउँछ ।
के तपाईँले कहिल्यै सोच्नु भएको छ, यस्तो लेजर लाइटको प्रयोग कुनै निश्चित वस्तुलाई लक्षित गरी त्यसलाई नस्ट गर्ने कार्यका लागि समेत प्रयोग गर्न सकिन्छ ।
उदाहरणको लागि तपाईँले टिभीको च्यानल परिवर्तन गर्ने क्रममा रिमोटमा भएको इन्फ्रारेड रेडियसनको उपयोग हुने गर्दछ । यो एक प्रकारले लाइट एम्प्लिफिकेसन हो ।
लाइट वास्तवमा दृश्य प्रकाशका लागि मात्र नभएर समग्रमा इलेक्ट्रो म्याग्नेटिक रेडियसन हतियारको रुपमा समेत प्रयोग गर्न सकिन्छ । ता कि कुनै वस्तुबाट निस्किएको प्रकाश लक्षित वस्तुलाई ध्वस्त तथा निष्कृय बनाउने कार्यका लागि उपयोग हुन सक्छ ।
परीक्षणमा पूर्ण रुपमा सफल देखिएको यो प्रविधि राफेल तथा एल्बिट सिस्टमबाट बनाइएको हो । यसभित्र मल्टी-किलोवाट सोलिड-स्टेट लेजर प्रयोग गरिएको छ । जसले आइरन बिमको माध्यम प्रयोग गरी आफ्नो निशानामा प्रहार गर्न सक्छ ।